coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

कैलाली – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् । सोमबार ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए।

पटक पटकका आन्दोलन र संघर्षबाट जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान पाउने जुन कल्पना गरेका थिए, त्यो आज पूरा भएको छ, उनले भने । मुख्यमन्त्री भट्टले सुशासन, भ्रष्टाचार नियन्त्रण, पिछडिएको समुदायलाई मूलधारमा जोड्नेलगायत दूर दराजमा बसेका जनसमुदायलाई सरकारको अनुभूति दिलाउनका लागि प्रदेश सरकारको काँधमा जिम्मेवारी आएको उल्लेख गरे।

त्यसैगरी, प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले सबै राजनीतिक क्रान्ति सम्पन्न गरिसकेकाले अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने जिम्मेवारी काँधमा आएको बताए । उनले लोकतान्त्रिक गणतन्त्र तथा प्रजातन्त्रलाई सुदृढ गर्दै समृद्धिको यात्रा अगाडि बढेकाले सबै आ–आफ्नो ओहदामा बस्नुभएका महानुभावलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरे।

मन्त्रिपरिषद् तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रदेश नं ७ का उपसभामुख, मन्त्री, प्रदेशसभाका सांसद, उपसभामुख, विभिन्न मन्त्रालयका उच्च पदाधिकारी, प्रहरी प्रमुख, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।  (रासस)

प्रकाशित: ७ फाल्गुन २०७४ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App