७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

मकवानपुर- प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति, ३ नम्बर प्रदेशको आयोजनामा भएको सभामा सम्बोधन गर्दै उनले संघीय संरचना अनुरुप तीनै तहका सरकारहरु जनताबाट निर्बाचित भई गठन भईसकेकाले सबैले आचरण, ब्यवहार सुधार्नुपर्नेमा जोड दिए। ‘संघीय शासन प्रणालीमा उच्चस्तरको प्रजातान्त्रिक आचरण, ब्यवहार एवम् कार्यशैली आवश्यक पर्ने शासन ब्यवस्था भएकोले आचरण, ब्यवहार र कार्यशैली संघीय शासन प्रणाली अनूरुप विकशित गर्नु हामी सबैको कर्तब्य हो।’

प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारबीच पुलको काम गर्नुपर्नेमा संकेत गर्दै मुख्यमन्त्री पौडेलले संविधानले ब्यवस्था गरेअनुरुप संघ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीहरु सहकारिता, समन्वय र सहअस्थित्वको सिद्धान्तमा आधारित हुने ब्यवस्था अनुरुप शासकीय प्रबन्ध गर्नुपर्ने बताए।

‘देशमा प्रजातन्त्र आए पश्चात् भएका आन्दोलन, संघर्ष, सुधार एवम् परिमार्जन पश्चात् नेपाल संघीय गणतन्त्रात्मक शासन ब्यवस्थामा प्रवेश गरेको सर्व विदितै छ’, उनले भने, ‘प्रदेशको शान्ति, समृद्धी, सम्मुनती एवम् विकासमा सबै बर्ग, क्षेत्र र समुदायको सक्रिय एवम् मुल्यवान् सहभागिताको आशा गरेको छु।’

प्रजातन्त्र दिवसले सबैमा नयाँ परिस्कृत प्रजातान्त्रिक आचरण, ब्यवहार एवम् कार्यशैली निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उनले शान्त, समृद्ध एवम् विकशित प्रदेश निर्माणमा प्रत्येक तह, तप्काको सहयोग, सद्भाव र सहभागिता प्राप्त हुने आशा पनि ब्यक्त गरे। देशमा प्रजातन्त्र ल्याउन ज्यानको आहुती दिने ज्ञात, अज्ञात सहीदहरुलाई श्रद्धासुमन ब्यक्त गर्दै उनले आन्दोलनका क्रममा घाईते, अपाङ्ग र बेपत्ताजनहरुलाई सम्मान ब्यक्त गरे।

प्रकाशित: ७ फाल्गुन २०७४ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App