८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

 इरान - इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।

इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको हाे ।सो विमान दुर्घटनाबाट ६५ जनाको ज्यान गएको घटनाले आफू निकै स्तब्ध भएको महासचिव गुथ्रेसका उपप्रवक्ता फराह हकले जानकारी दिएका छन् ।

महासचिव गुथ्रेसको तर्फबाट प्रकाशित सो विज्ञप्तिमा उक्त दुर्घटनामा परी ज्यान गएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । साथै शोकमग्न परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको छ ।जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि ५०० किलोमिटर टाढा पर्दछ । रासस
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App