coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाटनमा नयाँ कुमारी

तस्बिर : दिनेश गोले


काष्ठमण्डप -पाटनमा नयाँ कुमारी चयन गरिएको छ । पाँच वर्षीया निहिरा बज्राचार्यलाई शनिबार विषेश पूजा आराधना गरी कुमारी घरमा भित्र्याइएको हो ।

दश दिन अघिदेखि भएको कुमारी छनोट प्रक्रियाबाट चार जनालाई उछिन्दै निरिहा कुमारी बनेकी हुन् । पहिलेकी कुमारी युनिका बज्राचार्यको पहिलो महिनावारीपछि नयाँ कुमारी प्रतिस्थापन गरिएको तलेजु मन्दिरका पुजारी रखन राजोपाध्यायले बताए । उनका अनुसार महिनावारी भएपछि बालिकालाई कुमारीका रूपमा पूजा गर्न नमिल्ने चलन छ । पाटनमा बज्राचार्य परिवारबाट कुमारी छान्ने गरिन्छ ।

परम्परागत मान्यता अनुसार ललितपुरमा कुमारी बाहिर निस्कन मिल्दैन । उनलाई स्याहारसुहार आफ्नै बाबुले गर्नुपर्ने र शिक्षा पनि कुमारीघरबाटै दिनु पर्ने परम्परा छ । गुठी संस्थान शाखा ललितपुरका पूर्वप्रमुख बैकुण्ठ आचार्यका अनुसार ललितपुरमा पुरानै सम्प्रदायबाट कुमारी छान्ने परम्परा छ । ललितपुरको ऐतिहासिक रातो मछिन्द्रनाथको भोटो देखाउँदा कुमारीलाई पनि सोही स्थानमा लगेर भोटो देखाउने परम्परा पनि छ । यहाँकी कुमारीको तलब मासिक आठ हजार रूपैयाँ छ । ललितपुरमा शाक्य र बज्राचार्य समुदायबाट कुमारी राख्ने चलन छ । कुमारीलाई पाटनस्थित रत्नानगर विहारमा राखिन्छ ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App