७ वैशाख २०८१ शुक्रबार
अर्थ

अन्तर्राष्ट्रिय कृषि मेलामा १० करोड कारोबार

काठमाडौं – काठमाडौं भृकुटीमण्डपमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला आइतबार सम्पन्न भएको छ । मेला झन्डै ४३ हजार व्यक्तिले अवलोकन गरेको आयोजकले जनाएको छ ।

नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्यान्डसलगायत मुलुकका व्यवसायीले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबार सुरु भएको सो मेलामा   १० करोडभन्दा बढी रकमको कारोबार भएको आयोजकको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेस सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोषक दाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा  साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्री वितरण भएको थियो ।

 

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App