coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

खोटाङ– २५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तत्र्रिmया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।

बालबालिकाको सिर्जनशीलता तथा सीप विकास, बालसाहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीमा अभिरुचि र चेतना अभिवृद्धि, शिक्षण सीप र विधिबारे जानकारी दिनेलगायतका लक्ष्यका साथ सम्मेलन आयोजना हुन लागेको समाजका सचिव यशु श्रेष्ठले जानकारी दिए । २०४४ सालदेखि देशका फरकफरक जिल्लामा सम्मेलन गर्दै आएको समाजले यसपल्ट दिक्तेललाई छानेको हो ।

सम्मेलनको अवधिमा बालसाहित्य, बालसाहित्य प्रकाशनमा नवीनतम प्रयोग र बजार, चित्रपुस्तक र चित्रकारिता, खोटाङ जिल्लाको बालसाहित्यको अवस्थालगायतका विषयमा शिक्षक तथा अभिभावकसँग छलफल गरिने जनाइएको छ । यस्तै छात्रछात्रा सहभागी गराएर कथा लेखन, चित्रकला लेखन, कविता लेखन, कक्षागत नाटक मञ्चन सिकाइ, कथा, कविता वाचन सिकाइ एवं अन्तत्र्रिmया गरिने आयोजकले जनाएको छ । सम्मेलनमा बालसाहित्यसँग सम्बद्ध लेखक, चित्रकार,सम्पादक, शिक्षक, अनुवादक, गायक, संगीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशकलगायतको सहभागिता रहनेछ ।

कार्यक्रमका माध्यमबाट पठन सीप विकास तथा पुस्तकालय व्यवस्थापन कार्य, पुस्तकालय व्यवस्थापन सीप र संस्कारको विकासका लागि टेवा पुग्ने, बालबालिकामा हौसला र उत्प्रेरणा जागृत हुने, संस्कार तथा संस्कृतिको आदानप्रदान हुने, आन्तरिक पर्यटनमा सघाउ पुग्ने, बालबालिका र बालसाहित्यको भविष्य निर्माणमा अग्रसरताको बाटो खुल्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App