८ वैशाख २०८१ शनिबार
राजनीति

६ मन्त्री नियुक्त

प्रदेशका ६ मन्त्रीहरु आइतबार पद तथा गोपनीयताको शपथ लिँदै । तस्बिर : रासस

सुर्खेत, – प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
प्रदेश ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रीमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसी नियुक्त भएका छन् ।

उनीहरू माओवादी केन्द्रका हुन् । एमालेबाट सल्यानका सांसद प्रकाश ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री, सुर्खेतका सांसद खड्ग खत्री भौतिक पूर्वाधार विकास मन्त्री, डोल्पाका सांसद नन्दसिंह वुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री र हुम्लाका सांसद दल रावल सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।सबै मन्त्रीहरुले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । दिउँसो ३ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले मन्त्रीहरुलाई शपथ गराएका थिए ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App