८ वैशाख २०८१ शनिबार
राजनीति

प्याकेज सहमतिपछि मात्र सरकारमा

काठमाडौं –  मन्त्रिपरिषद् विस्तारका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।

भक्तपुर सानोठिमीस्थित दुर्गा प्रसाईको निवासमा आइतबार भएको दुवै नेताबीच करिब पाँच घन्टा लामो म्याराथुन बैठकमा प्रधानमन्त्री ओलीको सो प्रस्तावलाई दाहालले अस्वीकार गरेका हुन् । प्रसाई बी एन्ड सी मेडिकल कलेजका सञ्चालक हुन् ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तारबारे सहमति हुन नसकेपछि आइतबार पनि पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन ।दुई नेताबीच मन्त्रिपरिषद् विस्तारबारे सहमति हुन नसकेपछि आइतबार पनि पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन ।दुई नेताबीचको बैठकमा दाहालले सरकार गठन र पार्टी एकताबारे प्याकेजमै सहमति गर्न अडान लिएको स्रोतहरुले जनाएका छन् । ‘पार्टी एकतासहित सरकारमा पदहरुको बाँडफाँट विषयमा प्याकेजमा सहमति नहुन्जेलसम्म हामी सरकारलाई बाहिरबाटै समर्थन गर्छौं,’ पछिल्लो घटनाक्रमबारे जानकार एक माओवादी नेताले भने । सरकारमा सहभागी नभएमा एकताका लागि दबाब बढ्ने माओवादी विश्वास छ ।

दुवै अध्यक्षबीच शनिबार भएको सहमतिअनुसार आइतबार केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम थियो । तर सानोठिमी बैठकमा सहमति जुट्न नसकेपछि संयोजन समितिको बैठक बस्न सकेन । संयोजन समितिको अर्को बैठक कहिले बस्छ भन्ने निश्चित भएको छैन ।दुवै पार्टीबीच पार्टी एकताबारे सहमति जुट्न नसक्दा प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई समर्थन गरे पनि माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन  । जसको कारण अध्यक्ष ओलीले एमालेका दुई जनामात्रै मन्त्री नियुक्त गरेका छन् ।

सरकारले पाँच वर्षमा गर्नुपर्ने कामहरुसम्बन्धी प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका एमाले उपाध्यक्ष वामदेव गौतमले भने दुवै दल एक भइसकेको सञ्चारकर्मीलाई बताए । ‘दुवै दल ‘एक’ भइसके ‘ता’ हुन मात्रै बाँकी हो,’ सञ्चारकर्मीसँग ठट्यौली शैलीमा उपाध्यक्ष गौतमले भने, ‘चाँडै यो विषयलाई टुंग्याउँछौं ।’

यसअघि दुवै अध्यक्षबीच नेतृत्व बाँडफाँट, सरकारको नेतृत्व, सरकारमा सहभागिता अनुपात, बैठक अध्यक्षतासहितका विषयमा सहमति भएको बताइए पनि संयोजन समितिमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी नहुने नेताहरुले ९५ प्रतिशत सहमति भएको दाबी गर्दै आए पनि ठोस निष्कर्षमा पुग्न सकेको देखिँदैन ।मेडिकल कलेज सञ्चालक प्रसाईंले बैठकमा दुई नेतामात्र सहभागी भएको र आफूले व्यवस्थापन गरेको बताए । ‘मैले बैठकका लागि आवश्यक व्यवस्थापन मात्रै गरेको हुँ’, प्रसाईले नागरिकसँग भने ।

प्रकाशित: ७ फाल्गुन २०७४ ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App