८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्री भारत भ्रमणमा

नयाँदिल्ली – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ७ दिने भ्रमणका सिलसिलामा आइतबार भारत आइपुगेका छन्। भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नेछन्। 

प्रधानमन्त्री ट्रुडोले ट्वीटरमा जनाए अनुसार उनको भ्रमण मुख्यतः भारत र क्यानडाबीचको सम्बन्ध सुधार तथा रोजगारीका अवसर सिर्जना गर्ने बिषयमा केन्द्रित हुने बताएका छन्।

यसअधि बिहीबार क्यानडाको सरकारी प्रतिनिधिमण्डलले भारतको अमृतसरस्थित ‘गोल्डेन टेम्पल’ (सुनौलो मन्दिर)को भ्रमण गरेको थियो। ट्रुडोले पनि आगामी बुधबार अमृतसर पुगी ‘गोल्डेन टेम्पल’को दर्शन गर्ने कार्यक्रम रहेको समाचार संस्था एएनआईले जनाएको छ।  

यसबाहेक उनले आग्रा, अहमदावाद, मुम्बई, तथा नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम छ।

प्रकाशित: ६ फाल्गुन २०७४ १६:१६ आइतबार

क्यानडाका प्रधानमन्त्री भारत भ्रमणमा