१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

म्याग्दी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ। प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट  खटिइ म्याग्दी आएको टोलीले घुस रकम १ लाख ६० हजार सहित विसीलाई पक्राउ गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता एवम् सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेले दिएको जानकारी अनुसार विसीलाई शनिवार म्याग्दी बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।प्रहरीमा बार्गेनिङ तथा गलत आचरणका बिसीलाई जिल्ला प्रहरी कार्यालयबाट कारागारमा खटाइएको थियो ।

कारागारबाट जिल्लाको विकटमा पर्ने पाखापानी चौकीका खटाइएको बिसीले त्यहाँ समेत स्थानीयबासीलाई आफ्नो पहुँचका बारेमा बताउँदै हिड्ने गरेको स्थानीयको भनाई छ । पाखापानीमा समेत उनले स्थानीयलाई प्रहरीको नाममा गरेका कानुन विपरितका गतिविधि गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी जवानको भर्नाका लागि बुटवल तालिम केन्द्रमा आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै पाखापानीबाट आफ्नो गृहजिल्ला तथा आसपासका क्षेत्रमा फोन गरी पैसा माग्ने गरेका थिए । ’विगतमा पनि उनको गतिविधि त्यती राम्रो थिएन् । जनताको सुरक्षा गर्ने नाममा उनले धेरैलाई सास्ती दिने गरेको गुनासो आउने गरेको थियो’ एक प्रहरी जवानले भने । जिल्लाका कार्यरत प्रहरीलाई सेवा प्रवाहमा अनावश्यक दवाव र कानुन विपरितका गतिविधिमा संलग्न भएको पाइएमा जानकारी गराउन प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले पटक पटक सार्वजनिक रुपमा अनुारेध गदैं आइरहेको अवस्थामा घुस रकम सहित पहिलोपटक अख्यिारको फन्दामा प्रहरी नै परेका छन्।

 

प्रकाशित: ६ फाल्गुन २०७४ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App