coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बी एण्ड सीका सञ्चालक प्रसाईको घरमा ओली दाहाल वार्ता

फाइल तस्बिर ।

काठमाडौं- नेकपा माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता छानेपछि बैठकमा उनले भने, ‘आज ओली जी (केपी ओली) विशेष कुरा गर्दै छु।’ संसदीय दलको बैठकमा लामो समय नखर्ची दाहाल ओलीलाई भेट्न भक्तपुर तर्फ लागे।

 तर भक्तपुर बालकोट स्थीत अध्यक्ष ओलीको निवासमा नभएर दुई नेताबीचको भेट पुरानो ठिमि स्थीत झापाका दुर्गा प्रसाईको घरमा मिलाइएको थियो। प्रसाई झापाको विर्तामोडस्थित विवादीत बी एण्ड सी मेडिकल कलेजका सन्चालक हुन्। उनी दाहाल निकट मानिन्छन्। बी एण्ड सीको सिलन्यास पनि दाहालले गरेका थिए। बी एण्ड सी कलेजले सम्बन्धन पाइसकेको छैन।

पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारको विषयमा दुई नेताले आज विशेष कुरा गर्ने दाहाल निकट स्रोतले जनाएको छ।  दुई नेताको बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी रहेको छ। यस अघि दुई नेताले मानभवन स्थित निर्माण व्यवसायी शारदा अधिकारीको घरमा बैठक बस्दै आएका थिए। अधिकारी घरमा एमाले स्थायी समितिको आकस्मिक बैठक समेत बसेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७४ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App