८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु

मकवानपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११, नवलपुरमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४५ प ३८२६ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

दुर्घटनामा परि मोटरसाईकल चालक नवलपरासीको सुनवल–८ का २६ वर्षका प्रेम क्षेत्री र चितवनको भरतपुर–११ बस्ने २१ बर्षिया सीता ढकालले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।हेटौंडाबाट बसामाडी, लेवट जाँदै गरेको ट्याक्टरले चितवनबाट हेटौंडा आउँदै गरेको मोटरसाईकललाई शनिबार राती साँढे ८ बजे ठक्कर दिएपछि उनीहरु गम्भीर घाईते भएका थिए । उनीहरुको हेटौंडा–११, थानाभर्याङ्ग स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिलीपकुमार झाले बताए ।

यसैबिच, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको रातमाटे चेकपोस्टबाट प्रहरीले ६६ किलो गाँजा बरामद गरेको छ । चितवनबाट वीरगन्ज जाँदै गरेको ना ५ ख ७७०६ नम्बरको कन्टेनर ट्रकमा लुकाई ल्याएको ६६ केजी गाँजासहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार गाँजा व्यापारी ३३ वर्षका आइते लामा, चालक ३२ वर्षिय राजकुमार चौधरी र सहचालक निरज चौधरी पक्राउ परेका हुन् ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App