coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दाइसुके र चुइलाई उपाधि

काठमाडौं – जापानका दाइसुके इनागावा र हङकङकी चुइ केइ लिउङले शनिबार नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत एकल विधाको उपाधि जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष एकलमा दाइसुकेले आफ्नै देशका ताइसेइ कागेयामालाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन्।

अखिल नेपाल लनटेनिस संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला एकलको फाइनलमा चुइले जापानकी मियो कोजाकीलाई ६–३, ६–० ले हराइन्।

महिला युगलमा चीनकी यिमिङ दाङ र जापानकी मानामी युकिताको जोडी पहिलो भयो । यिमिङ र मानामीको जोडीले अमेरिकाकी रुतुजा छप्हल्कर र जापानकी कोजाकीको जोडीलाई ६–०, ६–४ ले सेटमा हराएको थियो।
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App