७ वैशाख २०८१ शुक्रबार
खेल

बगर भाइखलक ‘ए’ विजयी

काठमाडौं – पोखराको बगर भाइखलक ‘ए’ ले शनिबार दोस्रो रुस्लान जावलाखेल कप ‘नाइन ए साइड’ भेट्रान फुटबलमा इन्डिजिनस फुटबल क्लबलाई २–० ले पराजित गरेको छ।

साबिक उपाविजेता बगरका लागि दोस्रो हाफमा किरण श्रेष्ठ र ईश्वर गुरुङले गोल गरेका थिए । बगरकै मनोज थापा म्यान अफ दी म्याच भए । बगरको ‘बी’ टिम भने फ्रिडम फाइटर नखिपोट क्लबस“ग ६–० ले पराजित भयो । नखिपोटका विजय गुरुङले ह्याट्रिक पूरा गर्दा सरोज थापाले दुई गोल थपे । जावलाखेल मैदानमा भएको प्रतियोगितामा शनिबारै हिमालयन शेर्पा, खालीबारी भेट्रान्स, चितवन भेट्रान्स र साबिक विजेता अभिषेक चर्च विजयी भएका छन्।

सूर्यनारायण मानन्धर र महेन्द्रविश्वास खवासको २–२ गोलमद्दतमा चितवनले ब्रिटिस गोर्खा भेट्रान्सलाई ६–० ले हराउँदा आनन्द गुरुङको ४ गोलपे्ररित हिमालयन शेर्पाले हेटौंडा भेट्रान्सलाई ५–० ले हरायो । हिमालयनका लागि विश्राम टण्डनले १ गोल थपे । खालीबारीले कैलालीको साइनिङ सनलाई तथा अभिषेकले जोरपाटी भेट्रान्सलाई पेनाल्टी सुटआउटमा समान ४–३ को अन्तरमा हराए।

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App