१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

करियर, डेन्स र हाइल्यान्ड विजयी

काठमाडौं – अक्षरिका इङ्लिस स्कुलको आयोजनामा शनिबारबाट सुरु फेका कप अन्तविद्यालय फुटबल प्रतियोगितामा करियर बोर्डिङ इन्टरनेसनल स्कुल, डेन्स एकेडेमी र हाइल्यान्ड इङ्लिस स्कुलले विजयी सुरुआत गरेका छन्।

पेप्सीकोलास्थित टाउन प्लानिङको खेलमैदानमा भएको दिनको  पहिलो खेलमा करियरले ओरियन्टल एकेडेमीलाई ३–० ले पराजित ग¥यो । करियरको जितमा विशाल रावतले ह्याट्रिक गरे।

त्यस्तै डेन्सले विद्याविकास इङ्लिस स्कुललाई २–० ले पराजित ग¥यो । डेन्सको जितमा दुवै गोल शान्तकुमर राईले गरे।
शनिबारेै सम्पन्न अन्तिम खेलमा हाइल्यान्डले गोठाटार इङ्लिस स्कुललाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो । नकआउटका आधारमा हुने प्रतियोगितामा २० विद्यालयको सहभागिता छ।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App