७ वैशाख २०८१ शुक्रबार
कला

हाँस्य फिल्म हुर्रेको प्रचारप्रसार तीब्र

मकवानपुर – नेपाली हाँस्य फिल्म हुर्रेको रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तिब्रता दिइएको छ। शनिबार हेटौंडा आइपुगेको फिल्मको निर्माता तथा कलाकारको टोलीले फिल्म हाँस्यप्रधान रहेपनि पृथक कथाबस्तु रहेको बताए। फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको फिल्मको टोली पोखरा, बुटवल, चितवनपछि हेटौंडामा शनिवार आइपुगेको थियो। 

फिल्मका नायक अनुपबिक्रम शाहीले फिल्म उद्योगमा एउटा राम्रो फिल्ममा हुर्रे रहेको भन्दै पूर्ण मनोरञ्जन दिने दाबी गरे। सबैलाई मोहमा फसाएर राख्ने स्वर्गकी अप्सरा ‘मेनका’को जस्तै भुमिका रहेको खुलाउँदै फिल्मकी नायिका केकी अधिकारीले आडम्बरी केटीको भुमिकामा देख्न सकिने बताईन्।

बरिष्ठ हाँस्य कलाकार राजाराम पौडेलले पशुपतिप्रसाद जस्तै फिल्म भन्ने आरोपको खण्डन गर्दै पशुपतिनाथको मन्दिर र खोला मात्र एउटै भएको जिकिर गरे। पशुपति क्षेत्र धार्मिक क्षेत्र भएपनि एक महिना सुटिङ्ग गर्दा आर्यघाटको धुँवाले कलाकारहरु बिरामी परेको पनि उनले बताए।

पशुपतिमा फूलबेच्ने केटीको भुमिकामा केकी रहेको खुलासा गर्दै बरिष्ठ हाँस्य कलाकार राजाराम पौडेलले अनुपबिक्रमले भुमिका अनुसार कपाल खैरेर गेटअप दिएकोमा गर्ब लागेको बताए। ‘फिल्म हेरेपछि पहिलो कुरा भोक लाग्छ, हाँस्दा–हाँस्दा,’ उनले रमाईलो गर्दै भने, ‘सबै फिल्ममा सन्देश राख्दा मजा हुँदैन, सन्देश मात्र खोज्ने भए सप्ताह, धार्मिक पुराण सुने भैगो नि।’

यम थापाको लेखन तथा निर्देशन रहेको फिल्म पूर्णरुपमा हाँस्य प्रधान रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। फिल्ममा नायक अनुपबिक्रम शाही, नायिका केकी अधिकारीसहित अंकित खड्का, संगीता नापित र बरिष्ठ हाँस्य कलाकार राजाराम पौडेल लगायतको अभिनय रहेको छ। 

फागुनको २५ गतेबाट एकैसाथ देशैभर प्रदर्शनमा आउँने तयारमिा रहेको फिल्मलाई याखा ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको छ। दावा शेर्पा, सोनम लामा भ्लोन र छिरिङ्ग दोर्जे शेर्पाले निर्माण गरेका हुन्।

हुर्रे फिल्मको ‘ठेकीमा दही’ बोलको गीत सामाजिक सञ्जालमा धेरैले रुचाएका समेत छन्। निर्माण टिमका अनुसार कमेडी शैलीको गीतमा टिपिकल गाउँघरका शब्द र डान्सिङ्ग संगीत भएकाले दर्शकले मन पराएका हुन्। नायिका केकी अधिकारीसँग बाउ समान उमेरका हाँस्य कलाकार राजाराम पौडेलले कम्मर मर्काएकाले पृथक भएकाले पनि धेरैको रोजाईमा परेको देखिन्छ।

प्रकाशित: ५ फाल्गुन २०७४ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App