coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई वाइसीएलले स्वागत गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले आइसीसी विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ। 

वाइसीएलका अध्यक्ष राम प्रसाद सापकोटाले शनिबार एक विज्ञप्ति जारी गरी प्रतिकुल परिस्थितीका बाबजुद विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न सफल नेपाली क्रिकेट टोलीको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने जानकारी दिएका छन्।

‘घरेलु क्रिकेटको सर्वोञ्च निकाय नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्वनमा परेसँगै घरेलु भूमिमा पर्याप्त प्रतियोगिता खेल्न नपाएको अवस्थामा समेत नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शीर उचो बनाउने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ– ‘उपलब्ध सीमित स्रोतसाधन र अवसरको सदुपयोग गर्दै नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो सफलता दिलाउने नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक र संलग्न सबैप्रति वाइसिएल मुरीमुरी धन्यबाद दिन चाहन्छ ।’

विश्वकप छनोट पुगेर देशको नाम चिनाउने खेलाडीको भविष्यको सुरक्षा र तत्काल खेलाडीलाई उचित पुरस्कारको घोषणा गर्न समेत वाइसीएलले माग गरेको छ। 

‘सम्पूर्ण नेपालीको शाख उचो बनाउने क्रिकेट खेलाडीहरुलाई निर्धक्क भएर क्रिकेटमै लागिरहन प्रेरीत गर्न तथा उनीहरुको भविश्यको सुरक्षाका लागि विशेष ब्यवस्था गर्न वाईसिएल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ– ‘साथै तत्काल खेलाडीलाई उचित पुरस्कारको घोषणा गर्न पनि वाम गठबन्धन सरकारसँग जोडदार माग गर्दछ। पुरस्कार घोषणका लागि पहलकदमी कदम चाल्न वाइसिएल सदैव लाग्ने प्रतिबद्धता व्यक्त गर्दछ।’ 

नामिबियामा भर्खरै सम्पन्न डिभिजन २ को उपविजेता बन्दै नेपालले विश्वकप छनोटको यात्रा तय गरेको छ। 

प्रकाशित: ५ फाल्गुन २०७४ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App