coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्याराग्लाइडिङको गन्तव्य रुकुम, विदेशीले गरे परीक्षण उडान

प्याराग्लाइडिङ पछि मायर । तस्बिर : नागरिक

रुकुम – जिल्लाका विभिन्न ठाउँका स्वीटजरल्याण्डका नागरिकले प्याराग्लाइडिङको सफल उडान भरेका छन्। ३० बर्षीय डेनिल मायरले उडान भरेका हुन्। 

मुसीकोटको जन्तीबस्ने लेख वाँफिकोटको स्यार्पु तालमा उनले ल्याण्डिङ गरेका थिए। त्यस्तै वाँफिकाटवाट उनले रुकुम (पुर्व) को प्रस्तावित सदरमुकाम रुकुमकोटमा सफल अवतरण गरेका थिए। उनले रुकुमकोटको भैसेखालबाट लेख उडान गरेका थिए। उडानपछि उनले यहाँ सेभ ल्याण्डिङ र तालिमका लागि उपयुक्त ठाउँ भएको बताए। यो क्षेत्रलाई प्रचार प्रसार गर्न सके प्याराग्लाइडिङका लागि प्रख्यात ठाउँ हुने उनको भनाई छ।

यस भन्दाअघि २०७३ कात्तिकमा सफलमा यहाँका विभिन्न ठाउँमा प्याराग्लाइडिङको परीक्षण भएको थियो। त्यस भन्दा यता प्याराग्लाइडिङ भएको थिएन्। यसले यहाँको पर्यटन विकासमा थप सहयोग पुगेको यहाँका पर्यटन व्यवसायीहरुले बताएका छन्। थप रुकुम (पुर्व) को सिस्ने गाउँपालिकामा पर्ने ढाकाको दादिङ लगायतका लेखमा नयाँ गन्तव्य खोजीले मोयरले जानकारी दिए।

यसले नयाँ गन्तव्य पत्ता लगाउन सहयोग पुग्ने पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल रुकुमका अध्यक्ष चन्द्रवहादुर केसीले जानकारी दिए। ‘नयाँ ठाउँबाट रण वय पत्ता लगाउने काम भएको छ’ उनले भने, ‘तर पछिल्लो समय स्थानीय तहहरुले यस सम्बन्धि चासो नदेखाँउदा विकास हुन सकेको छैन्।’ पर्यटन दिगो विकासका लागि आवश्यक पर्ने बजेटहरु कुल बजेटको ३० प्रशित छुट्याउनु पर्ने उनको भनाई छ। यसले दिर्घकालिन रुपमा रोजगारी र आर्थिक विकासमा टेवा पुग्ने उनले बताए।

पछिल्लो समय प्याराग्लाइडिङको नयाँ गन्तव्य बन्न थालेपछि यहाँका वासिन्दाहरु खुशी भएका छन्। यसलाई व्यवसायिकतातिर लिनसके यहाँको पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयहरुको भनाई छ। मायर यहाँबाट बाग्लुङ हुँदै कास्की पोखरा जाने बताइएको छ। यी व्यक्ति चार वर्ष पहिला पनि यहाँ आएका थिए। यहाँ सेभ ल्याण्डिङ र तालिमका लागि उपयुक्त ठाउँ भएको उनले बताए।

प्रकाशित: ५ फाल्गुन २०७४ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App