४ वैशाख २०८१ मंगलबार
राजनीति

स्थायित्व र समृद्धिको नेतृत्व वाम सरकारले गर्छ : अध्यक्ष दाहाल

बर्दिवास – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन्। 

शनिबार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एक चरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए।

मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति गराएर समाजवादतर्फ अघिबढ्नु पर्नेमा उनले जोड दिए। मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आफूहरुले गर्ने उनको भनाइ थियो। 

‘जनताले यिनीहरुले चाहिँ मुलुकलाई स्थायित्व दिन सक्छन् भनेर वाम गठबन्धनलाई विश्वास दिएका छन्’, दाहालले भने, ‘अब जनताको विश्वासमा हामी खरो उत्रिन सक्नुपर्छ।’ 

प्रकाशित: ५ फाल्गुन २०७४ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App