coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

अफगानिस्तान – अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ।

दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तमा गएको बिहीबार साँझदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ७० जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु १५ जना घाइते भएका छन्।

घाइते भएका ती लडाकूहरुलाई हातहतियारसहित नियन्त्रणमा लिइएको समाचारमा जनाइएको छ।

अफगानिस्तानको सेनाका प्रवक्ता खजवा यायाले भने, बिहीबारदेखि यहस देशका सत्रु विरुद्धको कारबाही जारी रहेको छ र यस क्रममा शनिबार बिहानसम्म ७० जना तालिबान मारिएका छन्।

यस क्रममा तालिबान आतंककारीहरु लुकेर बस्ने गरेका कम्तीमा १२ वटा आश्रयस्थल पनि ध्वस्त बनाइएको समाचारमा उल्लेख गरिएको छ।

त्यस क्रममा ती आश्रयस्थलमा रहेका केही हतियारहरु पनि ध्वस्त भएका अफगान सेनाका प्रवक्ता यायाले जानकारी दिए।

सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थितिको सूचनाका आधारमा सेनाले बिगतका केही समयदेखि यहाँ कारबाही जारी राखेको हो।  (रासस/सिन्ह्वा)

प्रकाशित: ५ फाल्गुन २०७४ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App