८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा एकको मृत्यु

विराटनगर – मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका –३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल– ०१–डि–२३६९ नं को लहरीले विपरित दिशाबाट जाँदै गरेको बा १० च ८२१७ नं को कारलाई ठक्कँर दिँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा सुनसरी दुहवी नगरपालिका –४ का २५ वर्षीय प्रज्जवल दाहाल छन् । घाइते भएका दुहवी –५ का २६ वर्षीय विकाश भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि लहरीका चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  (रासस)

प्रकाशित: ५ फाल्गुन २०७४ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App