८ वैशाख २०८१ शनिबार
समाज

पुल नहुँदा जोखिम मोलेर यात्रा

रुकुम(पूर्व)- सिस्ने गाउँपालिका वडा नं. ३ का भीमवहादुर खड्का सदरमुकाम रुकुमकोट आउँदा सधै पिरलो बन्ने गर्छ सानीभेरी नदिमा भएको स्याकु (कच्ची काठको पुल)। उनी भगवान पुकार्दै उक्त स्याकु वारपार गर्छन् । उनी मात्र होइन यहाँका वासिन्दाहरु सदरमुकाम आउँदा जोखिम मोलेर नदि वारपार गर्नु पर्ने वाध्यता छ।

नजिकै झोलुंगे पुल निर्माण नहुँदा यहाँका वासिन्दाहरु वर्षौंदेखी यसरी नै वारपार गर्न बाध्य छन्। ‘वर्खाको समयमा पानीको बहाव उच्च हुँदा बगाई दिन्छ’ स्थानीय मेहन्द्र पुनले भने, ‘पानी कम भएपछि पुनः स्याकु बनाउँछौं।’ यसरी वारपार गर्दा निकै डर त्रास हुने उनले बताए। ‘यहाँवाट पुल भएको स्थान अमलाचौर पुग्न एक घण्टा लाग्छ’ खड्काले भने, ‘त्यसैले नजिकै स्याकु बनाएका हौं।’ पोखरा, पिपल–रुकुमकोट जोड्ने यो निकै उपयुक्त स्थान भएको उनको भनाई छ।

पुल वारपार गर्दा वालवालिका, अपाङ्ग, बृद्धबृद्धा, विरामीहरुलाई गाह्रो हुने यहाँको ओमप्रकाश खड्काले बताए। दुई वटा काठ को भरोसामा नदि वारपार गर्नु पर्ने अवस्था रहँदा यहाँका सर्वसाधारणहरु निकै दुखित् छन्। उनीहरुले पोखरा र रुकुमकोट जोड्ने स्थानमै पुल नहुँदा समस्या भएको बताएका छन् । जसले गर्दा यहाँ उत्पादित समान बजार सम्म पुर्‍याउन समस्या भएको ओमप्रकाशको भनाई छ । एक वर्ष पहिला यहाँ झोलुंग् पुलको सर्भे गरिएको थियो । तर काम ढिला हुँदा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता भएको खिमानन्द पौडेलले जानकारी दिए।

‘यो पुलवाट मान्छे खसे बाँच्ने स्थितिमा हुँदैन्’ रुकुमकोटका बलवहादुर शाहीले भने, ‘यो निकै जोखिमपुर्ण यात्रा छ।’ ‘स्याकु वारपार गर्दा खुट्टा काम्ने र आँखा घुम्ने खतरा हुन्छ’ उनले भने, ‘यदि खुट्टा र आँखा घुमेमा नदिमा खस्न बरे हुँदैन् ।’ जिल्लाको प्रमुख र्पटकीय क्षेत्र तातोपानी सम्म आन्तरिक पर्यटक आउन समस्या भएको तातोपानी मुल संरक्षण तथा पर्यटन प्रबद्र्धन समितिको सचिव गोपिराम खड्काले जानकारी दिए । ‘हामीले पटक पटक पुलको माग गरि सकेका छौं’ उनले भने, ‘तर सम्बन्धित निकाय मौन छ ।’ पुल निर्माण भए यहाँ सम्म पर्यटकहरु आउने र यहाँ उत्पादित सामानहरु बाहिर जान सहज हुने उनले बताए । उक्त पुल सिस्ने गाउँपालिको ५० हजार र स्थानीयको जनश्रमदानवाट स्याँकु निर्माण गरिएको हो।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App