coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

बारा – बाराको सिमरामा जारी रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।  खेल दिउँसो २ः४५ बाट सिमरा रंगशालामा सुरु हुनेछ।

सेमिफाईनलमा मोरङ फुटबल क्लबब विराटगरलाई ४–२ ले पराजित गर्दै थ्री स्टार र वीरगञ्ज युनाइटेड क्लबलाई ३–० गोलले हराउदै आर्मी फाइलमा प्रवेश गरेको हो ।

दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्। शुक्रबार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आफ्नो टिमले उचाल्ने दाबी गरे ।  प्रि म्याच कन्फ्रेन्समा आर्मीका तर्फबाट प्रशिक्षक नविन न्यौपाने, कप्तान भरत खवास,  थ्री स्टारका प्रशिक्षक मेघराज केसी र निराजन खड्काले उपाधिमा दाबी गरेका थिए।

एकपटकको विजेता आर्मीले  थ्री स्टारसँग फाइनल खेल्दैछ।  थ्री स्टार पहिलोपटक सिमरा गोल्डकपको उपाधि भिडन्तमा पुगेको हो । २०७१ सालमा सम्पन्न छैठौं संस्करणको विजेता बनेपछि आर्मी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो दोस्रो पटक हो । गत वर्ष संकटा क्लबसंग पराजित हुँदै आर्मीले उपविजेताका रूपमा चित्त बुझाएको थियो।

प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७४ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App