६ वैशाख २०८१ बिहीबार
खेल

एन्फा अध्यक्षमा कुँवरको उम्मेदवारी

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनका लागि मनोनयनको अन्तिम दिन शुक्रबार बरिष्ठ उपाध्यक्ष मणी कुँवरले संस्थापन पक्षबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ब्वाइज युनियन क्लबबाट फुटबलमा छिरेर बीस वर्ष सेवा गरेको भन्दै कुँवरले अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष विराटजंग शाही, केही केन्द्रिय पदाधिकारी तथा जिल्ला प्रतिनिधिलाई साक्षी राखेर उम्मदेवारी घोषणा गरेका थिए।

रिक्त दुई पदका लागि गत वर्ष सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका कुँवरले यसबीचको अवधिमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै ‘हाम्रो फुटबल, हाम्रो एन्फा’ बनाउनका लागि आफूले उम्मदवारी दिएको घोषणा गरे । गतवर्षको चुनावमा अध्यक्ष पदमा कर्माछिरिङ शेर्पा वर्तमान अध्यक्ष श्रेष्ठसँग पराजित भएका थिए भने कुँवरले उपाध्यक्षमा शेर्पा प्यानलका दीपक खातीलाई हराएका थिए।

‘पछिल्ला समय भए गरेका गतिविधि मुल्यांकन गर्दा एन्फालाई यो वा त्यो विचारमा विभाजित गर्ने त होइन ? यसले मलाई गम्भिर बनाएको छ । यस्ता क्रियाकलापले एन्फाको मर्यादा र स्तरलाई न्युनिकरण गर्ने सम्भावना रहन्छ,’ आफ्नो उम्मेद्वारीको औचित्य पुष्टि गर्दै कुँवरले थपे, ‘यस्तो डर लाग्दो स्थितीलाई चिर्ने, सुशासनसहित संस्थागत विकास गर्ने र चार वर्षभित्र हाम्रो फुटबल हाम्रो

एन्फा भन्ने वातावरण सिर्जना गर्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ।’ चैत १६ गते हुने निर्वाचनमा संस्थापन समूहका कुँवरले अध्यक्ष पदका लागि शेर्पासँग प्रतिस्पर्धा गर्नेछन् । मनोनयन दर्ताको अन्तिम दिन कुँवरले आफ्नो उम्मेद्वारी घोषणा गरे पनि प्यानल भने घोषणा गरेनन् । वर्तमान अध्यक्ष श्रेष्ठको समर्थनमा उम्मेद्वारी घोषणा गरेका कुँवरले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सोच्न आग्रह गरे । उनले थपे, ‘अहिलेको समय भनेको व्यक्तिगत लोभ, लालच र इच्छा आकंक्षा माथि उठेर समग्र फुटबल विकासका लागि चिन्तन मनन गर्ने अवस्था हो । त्यसैले आफ्नो विकेकलाई बन्दकी नराखी समग्र फुटबलको भविष्य सोच्न आग्रह गर्दछु।’

गत १५ महिनादेखी वरिष्ठ उपाध्यक्षमा काम गरिहेका कुँवरलाई फिफाको १० वर्षे प्रतिबन्धमा रहेका पूर्व अध्यक्ष थापासँगको सम्बन्ध जोडेर आलोचना हुने गरेको छ । अदृश्य शक्तिले एन्फा चलाउने गरेको भन्दै शेर्पा पक्षमा खुलेका पूर्व प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको आरोपलाई खन्डन गर्दै कुँवरले भने, ‘नातामा गणेश थापा मेरो भिनाजु हुनुहुन्छ । तर ब्वाइज युनियन क्लबबाट फुटबलमा आएको हुँ । अन्य साथीहरु जसरी आउनु भयो म पनि त्यसरी नै अघि बढेको हुँ । यहाँ केही नेतृत्वको वरिपरी बसेर नेतृत्वलाई नै कमजोर बनाएर फाइदा लिने गर्छन् । जसले अदृश्य शक्तिको आरोप लगाउनु हुन्छ उहाँबीचकै कोही एक जना हो त्यो अदृश्य शक्ती।’

त्यसअघि अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि अदृश्य शक्तिले काम गर्न दिएन भन्ने आरोपको खण्डन गरे । उनले ‘काम गरे जस लिने तर नसक्दा अरुलाई दोष दिन नहुने’ बताए । ‘पदमा बसेर काम गर्न सकिदैन भने त्यसको जस अपजस आफैले लिनु पर्छ । मैले १५ महिना कार्यकारी पदमा बसेर काम गर्दा त्यस्तो कुनै आभाष भएन,’ अध्यक्ष श्रेष्ठले थपे, ‘अफसलताबाट पन्छिन अरुलाई दोष दिनुको औचित्य छैन।’

पारिवारिक व्यस्तताका कारण अध्यक्ष पदमा दोह¥याएर उम्मेदवारी नदिएको भन्दै अध्यक्ष श्रेष्ठले थ्री स्टार क्लबबारे अक्षम्य गल्ति भएको स्विकारे । शेर्पा समूहले उठाएको परिवर्तनको मुद्दावारे श्रेष्ठले थपे, ‘उहाँहरुले उठाएको परिवर्तनको मुद्दामा कुनै नौलो विषय छैन । फुटबलको नेतृत्वमा जो व्यक्ति आए पनि ती काम गर्न सक्छ । अहिले पनि तिनै काम भइरहेका छन् । अहिलेसम्म हामीले फुटबलमा राजनीतिक हस्तक्षेप हुन दिएनौं । कुनै राजनीतिक पार्टीको भातृ संगठन बनाउन खोजेकोलाई परिवर्तन भनेको हो भने छुट्टै कुरा हो।’

बोलिने र नसुनिने होइन अनुभुति गर्न सकिने एन्फा बनाउने भन्दै अध्यक्ष पदका उम्मेद्वार कुँवरले चार वर्षे कार्यकालका योजना सुनाएका थिए । ‘ठूल्ठुला कुरा गरेर सपना बाढ्नु भन्दा अनुभुती हुनेगरी परिवर्तन गर्न चाहन्छु,’ कँवरले थपे, ‘साफ च्याम्पियन हुने गरी तयारी गर्ने, प्रशिक्षक उत्पादनका कार्यक्रम संचालन गर्ने, खेलाडीले खेलेर खाने, प्रशिक्षकले प्रशिक्षण गरेर खाने र रेफ्रीले खेल खेलाएर खाने वातावरण सिर्जना गर्ने । प्रत्येक प्रदेशमा व्यवस्थित एकेडेमी र जिल्लामा तालिम केन्द्रको स्थापना गर्ने । वैज्ञानिक ढंकमा लिग संचालन गर्ने । एन्फालाई आन्मनिर्भर बनाउने लगायतका योजना बनाएका छौं।’

अध्यक्षका उम्मेदवार
मणि कुँवर (केन्द्रिय कार्यसमिति)
कर्माछिरिङ शेर्पा (हिमालयन शेर्पा क्लब)
उपाध्यक्षका उम्मेदवारहरु
मोहम्मद समी उल्लाह    बारा
पंकजविक्रम नेम्वाङ    झापा
राजेन्द्र न्यौपाने           सरस्वती युथ क्लब
वीरबहादुर खड्का       सिन्धुपाल्चोक
किशोर राई                सुनसरी
गणेशबहादुर चन्द         कञ्चनपुर
विराटजंग शाही           काठमाडौं
सुनीलसम्शेर जवरा    
अरुणमान जोशी        थ्री स्टार क्लब
कृष्णबहादुर थापा    
उपेन्द्रमान सिंह         मध्यपुर युथ एसोसिएसन
सदस्यका उम्मेदवारहरु
रमेश रायमाझी           केन्द्रीय सदस्य
सुरेस शाह                 पाँचथर
दावा लामा               प्लानिङ व्वाइज युनाइटेड क्लब
पुरुषोत्तम थापा            ललितपुर
निरोज खड्गी             इलाम
पूर्णमान चित्रकार         नुवाकोट
बालकुमार सावा         ताप्लेजुङ
देवेन्द्रमानसिंह बस्नेत     सप्तरी
रविन्द्रनाथ श्रेष्ठ              काभ्रे
प्रविनकुमार यादव         सिरहा
दीपक खतिवडा          धादिङ
मधुसुदन उपाध्याय       बाँसबारी क्लब
दीपेन्द्र धिमाल            मोरङ
प्रदेशसिंह राठोर           बाँके
दीनेश ब्यञ्जनकार         च्यासल
दीर्घकुमार केसी          रुपन्देही
बाबुकाजी बस्नेत          दोलखा
वसन्तराज अर्याल        केन्द्रिय सदस्य
अशोक विष्ट              केन्द्रीय सदस्य
भिमसेन कार्की          पाल्पा
नेपाल कार्की            रौतहट
सन्तोषराज लवत        इलाम
अनिल मल्ल             कैलाली
प्रल्हाद शाह            महोत्तरी
राजेन्द्र श्रेष्ठ           केन्द्रीय सदस्य
मानदेव हजरा         पर्सा
प्रकाश पंगेनी        नवलपरासी
किरण राई           उदयपुर
विश्व पौडेल         लमजुङ
विजय घले            मनाङ मस्र्याङदी क्लब
महेन्द्रप्रकाश गिरी      बर्दिया
प्रमोद हमाल           सुर्खेत
मोहनकुमार बस्नेत       श्री कुमारी क्लब
रत्न कुमार श्रेष्ठ            तनहु
लव खत्री                 रेफ्री
महिला सदस्यका उम्मेदवारहरु
रमा भट्टराई
पेमा लामा

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App