[ नागरिक शो ]

छरिएका नेपाली वैज्ञानिकलाई नेपाल जोड्दै महावीर

मङ्गलबार, ३२ साउन २०७३, १४ : १८ नागरिक


काठमाडौं– देश विकासको खाका र सपना बोकेर २५ वर्षदेखि नेपालका ग्रामीण भेगमा क्रियाशील छन्– महावीर पुन । सूचना प्रविधि विज्ञ एवं अभियान्ता उनै पुनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेका सपना र योजनाहरू अझ कम भएको तर्क गर्छन् ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको अभियानबारे थप थाह पाउन र सहयोग गर्न  http://www.nicnepal.orgमा जानुहोस्।

‘ओलीजीले भनेका सबै कुरा सम्भव छन्,’ उनले आश्चर्य व्यक्त गरे, ‘सम्भव हुने सामान्य कुरा गर्दा आलीजीलाई किन उडाउने ?’

पुनले ओलीलाई अमेरिकी पूर्व राष्ट्रपति जोनअफ केनेडीसँग जोडेर टिप्पणी गरेका छन्– ‘अमेरिकी राष्ट्रपति केनेडीले चन्द्रमामा पुग्ने सपना सुनाउँदा त्यहाँ त उनको मजाक उडाइएन ।’

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको तयारीमा जुटेका पुनले ‘देशमा केही गरौं’ भन्ने भावनालाई सरकारले सधैं उपेक्षा गर्ने गरेको गुनासो गरे । उनले सक्षम पुस्तालाई सरकारबाट हौसला प्राप्त नुहँदा विदेश पलायनको क्रम बढेको बताए ।

कार्यशैलीमा ओली सरकार पनि अन्य सरकारभन्दा बेग्लै भने हुन नसकेको पुनले बताए । ओली सरकारले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्ने वाचा गरेको तर काम नगरेको पुनले गुनासो गरे । ‘सपना देखेरमात्रै हुँदैन, काम पनि गर्नु पर्यो ।’

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको तयारीमा जुटेका पुनले ‘देशमा केही गरौं’ भन्ने भावनालाई सरकारले सधैं उपेक्षा गर्ने गरेको गुनासो गरे । उनले सक्षम पुस्तालाई सरकारबाट हौसला प्राप्त नुहँदा विदेश पलायनको क्रम बढेको बताए ।

विज्ञान प्रविधि क्षेत्रको विकासमा हालसम्मका कुनै पनि प्रधानमन्त्रीले गम्भीरता नदेखाएका उनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना र यसबाट देशलाई हुने फाइदाबारे चर्चा गर्दै पुनले विश्वभरि छरिएका नेपाली वैज्ञानिकलाई देश भित्र आकर्षित गर्ने रणनीतिबारे विस्तारमा खुलाएका छन् ।

प्रस्तुत छ पुनसँगको सम्वाद समेटिएको नागरिक शोः

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। ...

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

सञ्जय दत्तको बायोपिक फिल्ममा विवाद

बलिउडका अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्मको नाममा विवाद भएको छ। निर्देशक राजकुमार हिरानी र निर्माता विनोद चोपडा फिल्मको नाम...

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्। ...