८ वैशाख २०८१ शनिबार
राजनीति

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा बस्ने बताएका छन्।

नेपाल शिक्षक संघ काठमाडौँको आठौँ जिल्ला अधिवेशनलाई शुक्रबार डिल्लीबजारमा उद्घाटन गर्दै उनले संविधान बमोजिम काम गरे वाम सरकारलाई सहयोग गर्ने र संविधान विपरीत काम गरे खबरदारी गर्ने बताए। ‘प्रजातान्त्रिक पद्धतीअनुसार काँग्रेस निर्वाचन सम्पन्न गरेको छ, जनताको जनादेशलाई सम्मान गरेर काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्छ,’– उनले भने। 

पूर्व महामन्त्री सिंहले पार्टी संस्थागत रुपमा चल्न नसक्दा पार्टी कमजोर भएको र पार्टीको छवि विग्रदैँ गएको बताए। 

प्रकाशित: ४ फाल्गुन २०७४ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App