coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको विश्वकप छनोट यात्रा कति कठिन ?

काठमाडौं – एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने तय भएको छ। 

आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ। सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन्। नेपालले २०१९ मा इं्रग्ल्याण्डमा हुने विश्वकपमा छनोट हुन कम्तीमा समूहका ३ टिमलाई जित्नैपर्नेछ। जुन नेपाली टिमका निकै कठिन छ। किनकी समूहका रहेका सबै टिम बलिया छन भने केहीले विश्वकप समेत खेलिसकेका छन्। 

आइसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, अफगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ। 

डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ। उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन्। समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्सचरण खेल्नेछन्। 

सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन्। समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ। यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन्। 

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन्। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App