७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै मोदीले भने: भारतमा स्वागत गर्न प्रतिक्षारत छु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
टेलिफोन संवादमा  महामहिम मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन्। यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता महामहिम मोदीले व्यक्त गरेको ओलीको सचिवालयले बताएको छ।
प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र   भारतसंगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा बताएका थिए।
मोदीले भारतीय राजदूत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेका छन्। यस्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छन्।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App