८ वैशाख २०८१ शनिबार
खेल

युइएफएको निर्णयमा वेंगर असन्तुष्ट

लन्डन – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले स्ट्राइकर पिरे इमेरिक औबामेयाङलाई युइएफएले युरोपा लिगमा खेल्न नपाउने निर्णय गरेपछि त्यसमाथि प्रश्न उठाउँदै यसको कुनै औचित्य नभएको बताएका छन्।

गत महिना बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट आर्सनलमा आबद्ध भएका औबामेयाङले जारी सिजन पूर्वक्लबबाट च्याम्पिन्स लिग खेलिसकेको भन्दै बाँकी सिजन आर्सनलबाट युरोपा लिग खेल्न अयोग्य भएको बतएको हो।

युइएफएको निर्णय र अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेट् चोटका कारण मैदान बाहिर बसेपछि बिहीबार ओस्टरसन्डस्विरुद्ध हुने अन्तिम ३२ को खेलमा वेंगर सामु अग्रपंक्तिमा ड्यानी वेलब्याक र इड्डे निखियात मात्र विकल्प हुनेछन्।

‘युएफएको यो प्रावधान हट्नुपर्छ भन्नेमा सबै क्लबको एउटै धारण हुनेमा कुनै दुबिधा छैन,’ वेंगरले भने, ‘औबामेयाङले डर्टमन्डबाट च्याम्पियन्स लिग खेले तर युरोपा कप र उक्त प्रतियोगिता फरक छ । त्यसैले युइएफएको यो निर्णय सही होइन । तपाईंले सिजनको बीचमा अझ राम्रो प्रदर्शन गर्ने उद्देश्यले करोडौं खर्चेर नयाँ खेलाडी  भित्र्याउनुहुन्छ । तर यस्तो नियमले क्लबहरू अन्यायमा परेका छन् । त्यसैले यस्तो नियममा पुनर्विचार गरिनुपर्छ।’

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App