६ वैशाख २०८१ बिहीबार
खेल

माउरिन्होद्वारा ‘भिएआर’ को बचाउ

लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले विवादित बने पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग खेलअधिकारीलाई निष्पक्ष नतिजा दिन सहयोगी बनेको भन्दै त्यसको बचाउ गरेका छन्।

तर उनले भिएआर प्रविधिको प्रयोगले खेलको सुन्दरतामा कमी आउन भने दिन नहुने बताए।

युनाइटेडले शनिबार हडर्सफिल्डविरुद्ध हुने एफए कप पाँचौं चरणको खेलसँगै पहिलो पटक भिएआर प्रविधिमा खेल्नेछ । एफए कपमा यसै सिजनबाट भिएआर प्रविधिको परीक्षण सुरु गरिएको थियो।

‘मानिसहरू हामीलाई भिएआर प्रविधिको प्रयोग कस्तो छ र तपार्इंहरू सन्तुष्ट हुनुहुन्छ वा हुनुहुन्न भनेर सोध्ने गर्छन् । तर यो हामीलाई भन्दा पनि रेफ्रीलाई सोध्ने प्रश्न हो,’ माउरिन्होले भने, ‘उनीहरू गल्ती गर्न चाहँदैनन् सधैं निष्पक्ष नतिजा दिन चाहन्छन् । तर कहिलेकाहीं रेफ्रीबाट पनि मानवीय गल्ती हुन्छ । प्राविधिक सहयोग हुँदा उनीहरूलाई निर्णय दिन थप सहज हुन्छ।’

‘त्यसैले रेफ्री भिएआरको प्रयोगबाट सन्तुष्ट छन् भने हामीले यसमा प्रश्न उठाउने कुनै स्थान छैन,’ माउरिन्होले थपे, ‘पक्कै पनि भिएआरको प्रविधिमा केही सुधार आवश्यक छ । भिएआरले खेलको गतिमा कुनै असर गर्ने भएन।’
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App