coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्टोक्सले पहिलो खेल नखेल्ने

लन्डन – इङ्ल्यान्डका प्रशिक्षक ट्रिभोर ब्लेसिसले अलराउन्डर बेन स्टोक्स राष्ट्रिय टोलीमा फर्किए पनि उनले न्युजिल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा सहभागी हुने सम्भावना न्यून भएको बताएका छन्।

इङ्ल्यान्डको एक रात्रि क्लबमा भएको हमलामा संलग्न भएको आरोपमा अदालतमा उपस्थित भएका स्टोक्सलाई अदालतले मंगलबार उक्त मुद्दामा सफाइ दिएसँगै उनी फेबु्रअरी २५ बाट सुरु हुने न्युजिल्यान्डविरुद्धको पाँच एकदिवसीय शृंखलाका लागि इङ्ल्यान्ड टोलीमा फर्किएका हुन्।

‘स्टोक्स मैदानबाहिर बसेको धेरै समय भैसक्यो । त्यसैले उनलाई हाल क्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा टोलीमा समावेश नगरिएको हो’ प्रशिक्षक ब्लेसिसले भने, ‘आशा छ उनी एकदिवसीय शृंखलासम्म पूर्ण रूपमा लयमा फर्कनेछन्।’

स्टोक्सको अनुपस्थितिमा पनि अस्ट्रेलियाविरुद्धको पाँच एकदिवसीय शृंखला ४–१ ले जित्न सफल इङ्ल्यान्डले क्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा लगातार तीन खेल गुमाइसकेको छ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App