८ वैशाख २०८१ शनिबार
कला

भ्यालेन्टाइनमा गुञ्जिए अञ्जुका प्रेमगीत

काठमाडौं– आधुनिकदेखि पाश्र्व गायनमा विशेषतः प्रेम भावका गीतमा रुचाइएको नाम हो, अञ्जु पन्त । यिनै अन्जु गत बुधबार भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा राजधानीमा गुञ्जिइन् ।

राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा भएको एकल साँझमा अञ्जुले आफ्ना चलेका प्रेमभावका गीत सुनाइन् । ‘जिन्दगी यो फूलै फूलको थुँगा हुँदैन’ बोलको गीतबाट एकल प्रस्तुति सुरु गरेपछि उनले उपस्थित दर्शकलाई प्रेमदिवसको शुभकामना दिएकी थिइन् ।

‘मेलोडी क्विन अञ्जु पन्त साँझ २०७४’ नाम दिइएको कार्यक्रममा उनले ‘भन्छु आज मनका कुरा’, ‘तिमी रोएको पल’, ‘म यस्तो गीत गाउँछु’ गीतलगायत दुई दर्जन गीत गाइन् । अञ्जुले एक हिन्दी गीत गाएर कार्यक्रमको बीट मारेकी थिइन् ।

द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङले तयार गरेको पर्पल कलरको पहिरनमा प्रस्तुत भएकी अन्जुको यो दोस्रो एकल साँझ हो । यसअघि उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एकल कार्यक्रममा प्रस्तुत भएकी थिइन् । गजलबारका सञ्चालक रुल्झ गुरुङले आगामी दिनमा पनि हेल्लो क्याफे गजलबारमा स्थापित कलाकारका प्रस्तुतिलाई निरन्तरता दिने जनाए ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App