coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रनिस प्रिन्स, पलिष्ठा प्रिन्सेज

काठमाडौं– विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको १५ औं संस्करणको ‘प्रिन्स एन्ड प्रिन्सेस २०१८’ तथा ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०१८’ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीले बाजी मारेका छन् ।

प्रिन्सको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्ठा महर्जनले पोल्टामा पारे । प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठ ‘फस्ट रनरअप’ तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले ‘सेकेन्ड रनर अप’ बन्दा आयुष्मान बस्नेत तथा गृष्मा उप्रेतीले ‘थर्ड रनरअप’ बने ।

‘लिटिल प्रिन्स’ तर्फ युनिक पराजुली तथा ‘लिटिल प्रिन्सेस’तर्फ क्रिस्टिना खड्काले उपाधि जित्दा लिटिलतर्फ आर्यन मित्तल र सोहन पाठक ‘फस्ट रनरअप’ तथा तेजुसी श्रेष्ठ र रिजन केसी ‘सेकेण्ड रनर अप’ बने । प्रतियोगितामा जेनिस शाही र वैभवी शाह ‘थर्ड रनर अप’ भए ।

इभेन्ट बेटर ग्यालेक्सीले मंगलबार साँझ आयोजना गरेको प्रतियोगिताका विजेतालाई जनही २५ हजार रुपैया“ प्रदान गरिएको थियो । ग्यालेक्सीका धिरज तण्डुकारका अनुसार विजेताले विदेशमा आयोजना हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । सुरजनी केसीको कोरियोग्राफी रहेको प्रतियोगितामा पूर्व उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि थिए ।

प्रतियोगिताको निर्णायकमा कला सुब्बा, निर्णय श्रेष्ठ, गोविन्द राई, दिक्पाल कार्की, रुस्का वैद्य, अमर तण्डुकार, उदय सोताङ, प्राश्ना शाक्य, मरिष्का पोखरेल आदि थिए । ‘प्रिन्स एन्ड प्रिन्सेस’मा ३४ तथा ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’मा ५४ जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App