coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोस्टरमा छायो ‘लम्फू’


 काठमाडौं – २०७५ वैशाख २८ मा रिलिज हुने नेपाली चलचित्र ‘लम्फू’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मले तीन फरकफरक भाव र चरित्र अटाएका पोस्टर सार्वजनिक गरेको छ ।

एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटनाहरू प्रस्तुत भएको चलचित्रको निर्देशक गोपालचन्द्र लामिछानेले गरेका छन् । निर्देशक गोपालचन्द्र लामिछानेले भने, ‘समयले कसरी एउटै मानिसलाई नायक र खलनायक बनाउँछ भन्ने कथा यो फिल्मको मुख्य विषयवस्तु हो । यही कथालाई प्रतिनिधितिव गर्ने  पात्र फिल्मको पोस्टरमा अटाएका छन् ।’

‘लम्फू’लाई पपुलर मल्टिमिडियाका शक्तिवल्दव घोरासैनीले निर्माण गरेका हुन् । यस चलचित्रको लेखन भूपतिले गरेका हुन् भने दीपक बज्राचार्यको छायांकन रहेको छ । ‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।

यस अघि नै अर्जुन पोखरेलको संगीत रहेका ‘लम्फू’का चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भइसकेका छन् । सार्वजनिक सबै गीतले सकारात्मक प्रतिक्रिया पाएको संगीतकार पोखरेलले बताए । अब शीघ्र नै फिल्मको ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिने निर्माण पक्षले जनकारी दिएको छ । फिल्ममा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यस फिल्ममा तरकारीवालीको उपनामले संसारभर भाइरल बनेकी कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्म वैशाख २८ मा रिलिज हुँदैछ ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App