८ वैशाख २०८१ शनिबार
खेल

बालुवाटार र केसिटिसीबीच उपाधि भिडन्त

काठमाडौं– बालुवाटार क्रिकेट क्लब र केसीटिसी दोस्रो खुकुरी च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहिबार कीर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा बालुवाटारले शान्तीनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो ।शान्तीनगरले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य बालुवाटारले ४ बल अगावै ६ विकेटको क्षतीमा पुरा गरेको थियो ।

बालुवाटारका सोनु तामाङले अविजित ५६ रनको योगदान दिए । ३४ बल खेलेका सोनुले आक्रामक ब्याटिङ गर्दै ३ चौका र ४ चौका प्रहार गरे ।त्यस्तै कप्तान पुथु बास्कोटा ले ३९ र ओपनर प्रनित थापा मगरले २० रन जोडे ।३३ बलको सामना गरेका पृथुले ८ चौका प्रहार गर्दा १८ बल खेलेका प्रनितले ३ चौका प्रहार गरे ।
शान्तीनगरका अमरसिंह रौटेलाले २ तथा मन्जित श्रेष्ठ, फिर्दोस अन्सारी, मुकुन्द यादव र क्षितिज सिंहले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको शान्तीनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ४७ रनको योगफल खडा गरेको थियो ।शान्तीनगरका सिद्धान्त लोहनीले अविजित ७३ रन जोडे  ।३६ बल खेलेका सिद्धान्तले ९ चौका र ३ छक्का प्रहार गरे ।त्यस्तै अमित श्रेष्ठले ३३ र मन्तिज श्रेष्ठले २४ रन जोडे ।

त्यस्तै बिहिबार सम्पन्न अर्को सेमिफाइनलमा केसीटिसीले रोयल पिसी फाइटलाई ४१ रनले पराजित गर्दै बालुवाटारसँगको भिडन्त पक्का गरेको हो ।केसीटिसीले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याएको रोयलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २२ रन मात्र जोड्न सक्यो ।

रोयलका सन्दिप सुनारले ५३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटस्म्यानले उल्ल्ेख्य प्रदर्शन गर्न सकेनन् ।३ बल खेलेका सन्दिपले ७ चौका र २ छक्का प्रहार गरे ।केसीटिसीका सञ्जय बस्नेतले ३ तथा सुमित झा, प्रकाश विष्ट र अडिल खानले समान २–२ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ रोजेको केसीटिसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६७ रनको योगफल खडा गरेको थियो ।

केसीटिसीका सुमित महर्जनले ५६ रन जोडे ।४२ बलको सामना गरेका सुमितले ५ चौका र१ छक्का प्रहार गरे ।त्यस्तै सञ्जयले २५ र सन्तोष पौडेलले २२ रन जोडे ।रोयलका शमशेर चन्द र प्रकाश विष्टले समान २–२ तथा धिरज शाहीले १ विकेट लिए ।फाइनल खेल शनिबार हुनेछ ।

 

 

 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App