coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युएईविरुद्ध पारस खड्काको शतक

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन २ टु फाइनल खेलमा नेपालका कप्तान पारस खड्काले युएईविरुद्ध शतक प्रहार गरेका छन्। १०३ बल खेलेका पारसले ८ छक्का र ३ चौकासहित नटआउट ११२ रनको पारी खेले ।

ओपनर दिलीप नाथ आउट भएसँगै तेस्रो नम्बरको विकेटका रुपमा मैदान प्रवेश गरेका पारसले निरन्तर खेले। खड्कासँग क्रिजमा ज्ञानेन्द्र मल्ल २४, दिपेन्द्र ऐरी ३५, शरद भेष्वाकर ३०, आरिफ शेख ७, रोहित पौडेल २३, सोमपाल कामी ६ र बसन्त रेग्मीले नटआउट रन जोडे। 

प्रकाशित: ३ फाल्गुन २०७४ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App