coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बोराबन्द सामानको आयात उच्च

बीरगन्ज सुक्खा बन्दरगाहमा बैग कार्गो रेकबाट आएका बोराबन्द सामान ।  तस्विर : नागरिक

बीरगन्ज – भारत तथा बिदेशबाट नेपालको लागि बोरामा भर्ती आउने सामान बोक्ने रेल अर्थात ‘बैग कार्गो’ रेकमार्फत भित्रिने बस्तुको आयात बढ्दो छ। बीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको ‘रेकर्ड’ अनुसार बोराबन्द समान बोकेर आउने रेल चालु आर्थिक आर्थिक बर्ष २०७४/०७५ मा बढेको हो।

एउटा समग्र रेल अर्थात रेकमा एकै प्रकारको बस्तु करिब दुई हजार ४ सय टन एक पटकमा बोकेर यस्ता रेलहरु आउने गरेका छन्। सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी हिमालयन टर्मिनलको रेकर्ड अनुसार बैग कार्गोमार्फत आर्थिक बर्ष माघ महिनामा मात्र २८ वटा रेक आएका छन्। 

चालु आर्थिक बर्षको साउनदेखी माघ सम्मको ७ महिनामा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भएर एक सय ४१ रेक बोराबन्द मालसमान भित्रिएको छ । यो भनेको ३ लाख ३८ हजार ४ सय टन माल समान अर्थात १५ टन क्षमताको २२ हजार ५ सय ६० वटा ट्रकमा अट्ने बराबर सामान हो। गत मधेश आन्दोलनको समयमा वीरगन्ज नाकामा अवरोध भएपछि धरै मालवस्तु सुक्खा बन्दरगाह नाकातिरबाट आयात हुने क्रममा एक्कासी बैग कार्गोको संख्या बढेको थियो। आर्थिक बर्ष २०७२/०७३ मा बैग कार्गोका एक सय ९१ वटा रेक भित्रियो। 

आर्थिक बर्ष २०७१/०७२ मा एक सय २४ वटा २०७२/०७३ मा एक सय ९१ र २०७३/०७४ मा २ सय बिसिएन रेक अर्थात बैग कार्गो रेल भित्रिएको थियो। यो बर्ष मासिक रुपमा औसत २० रेक भन्दा बढी बैग कार्गो आयात छ। यही आनुपातमा बोराबन्द सामानको आयात रह्ने हो भने आर्थिक बर्षको अन्तसम्म बैग कार्गो रेकको संख्या २ सय ४१ पुग्ने देखिन्छ। यसरी पोहोरभन्दा बैग कार्गो मालबस्तुको आयात २० प्रतिशत भन्दा बढीले बढेको छ। 

बैग कार्गोमार्फत बिभिन्न फरक फरक प्रकृतिका बस्तुहरु ढुवानी हुने गरेको छ। सिर्सिया सुक्खा बन्दरगाहमा बैग कार्गोमा आउने मुख्य बस्तु रसायनिक मल र पशु पञ्छिको दाना बनाउनमा प्रयोग हुने भटमास तथा मकै हुन। त्यसतै चिनी, सिमेन्ट र फलाम उद्योगले सस्तो कच्चा पदार्थको रुपमा भित्र्याउने पिग आइरन (गेडा फलाम) जस्ता बस्तु पनि बोराबन्द रुपमा बैग कार्गोमार्फत सुक्खा बन्दरगाह भएर भित्रिने गरेको छ। 

‘राजश्व संकलनको दृष्टिकोणले कम योगदान गर्ने बस्तु बैग कार्गोमार्फत आउने गरेका हुन्,’ वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले भने, ‘चिनी, रसायनिक मल र कच्चा पदार्थको रुपमा उपयोग हुने बस्तु यसबाट आउने हुन्।’ भारतबाट आयात हुने रसायनिक मल भारतकै बिभिन्न स्थानहरुबाट लिएर रेलहरु सिर्सिया सुक्खा बन्दरगाह आइपुग्छन्। त्यस्तै बिदेशबाट समुद्री बाटो भएर मल, चिनी, भटमास वा कमै आयात हुँदा भारतकै पश्चिम बंगालस्थित हल्दिया र कोलकता बन्दरगाहबाट बोकेर बैग कार्गो आउने गरेको छ। 

प्रकाशित: ३ फाल्गुन २०७४ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App