coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन फागुनभित्रै

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै गर्ने प्रस्ताव गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावबारे छलफल गर्न विहीबार आयोगमा बसेको सर्बदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन फागुनभित्रै गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

उनले फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै दलहरुसमक्ष तयारी गर्न प्रस्ताव गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आयोगको प्रस्तावमा दलका नेताहरुले पार्टीमा छलफल गरेर अघि बढ्ने बताएका थिए।

बैठकमा राष्ट्रिय मान्यता प्राप्त ५ दलका तर्फबाट एमालेका अग्मी खरेल, कांग्रेसका विमलेन्द्र निधि, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, राजपाका राजेन्द्र महतो, फोरमका राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए। निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरु, उपसचिव र प्रवक्ता सहभागी थिए।

निर्वाचन परिणाम सार्वजनिक भई नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पहिलोपटक दलहरुसँग छलफल गरेको हो।

प्रकाशित: ३ फाल्गुन २०७४ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App