७ वैशाख २०८१ शुक्रबार
खेल

मायांका क्वार्टरफाइनलमा

तस्विर : राखेप

काठमाडौं– मायांका राणा बुधबार आफ्नै देशकी इरा मेहेरनिसालाई सोझो सेटमा पराजित गर्दै नेपाल आइटिएफ जुनियर्स यु–१८ टेनिस प्रतियोगिता सर्किट दुईको एकल विधामा क्वार्टरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेकी छिन् ।

अखिल नेपाल लन टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको अन्तिम १६अन्तर्गतको खेलमा बुधबार मायांकाले ६–१, ६–२ को सहज जित निकाल्दै अन्तिम आठको टिकट काटिन् । नेपाली टेनिसको इतिहासमा मायांका आइटिएफ जुनियर्स विश्व वरीयता प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने पहिलो खेलाडी बनिन् ।

महिला एकलतर्फ अन्तिम १६ मा प्रतिस्पर्धा गरेकी अर्की नेपाली खेलाडी माहिका राणाले जापानी प्रतिद्वन्द्वी मियो कोजाकीलाई ६–३, ६–१ को नतिजा सुम्पिइन् ।महिला एकलका अन्य खेलमा जित हासिल गर्दै भारतका रुदया शाह, प्रिंकल सिंह, त्रिशा विनोद र सान्या सिंह तथा चीनकी यिमिङ डाङ र हङकङकी चुई केई लियुङले क्वार्टरफाइनलको यात्रा गरे ।

पुरुष एकलतर्फ अन्तिम १६ मा पुगेका एक्लो नेपाली प्रतिनिधि प्रणव खनालका लागि बुधबारको दिन सुखद रहेन । उनले जापानका केइजु मियाकेलाई ६–०, ६–० को नतिजा सुम्पिए । यसै गरी भारतका आर्यन जाभेरी र नाइथाओलिन काल्भिन गोल्मेई, जापानका डाइसुके इनागावा र ताइसेई कागेयामा, चीनका वेन्माओ ली, कोरियाका जिहो लीले पनि बुधबार जितका साथ क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App