७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीय गाडीमाथि कारवाही सुरु

बारा – मापदण्ड विपरीत र अनुमति भन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनलाई मध्य क्षेत्रिय ट्राफिक प्रहरीले कारबाही गरेको छ। सवारी साधनको ब्लुबुकमा उल्लेखित भार क्षमता भन्दा बढी सामान बोकेर गुड्ने भारतीय नम्बर प्लेट भएका सवारी साधनहरूलाई चेक जाँचका क्रममा कारबाही गरीएको मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। 

विभिन्न नाकाहरूबाट बढी भार बोकेर आउने भारतीय नम्बर प्लेटका सवारी साधानहरूले भारतकै बिभिन्न भागहरूबाट वीरगन्ज–पथलैया, हेटौडा लगाएतका औद्योगिक करिडोरका उद्योगको लागि औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने गरेको छन्। भारतबाट औधोगिक कच्चा पदार्थको बढी भार बोकेर नेपाल भित्रिएका भारतीय सवारी साधनहरुबाट सडक र पुलहरूको जोखिम बन्दै गए पछि त्यसलाई नियन्त्रण गर्न कारवाही सुरू गरिएको मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैयाका प्रमुख सुरेन्द्र मैनालीले बताएका छन्।

नियम भन्दा बढी भार बोक्ने भारतीय नम्बर प्लेटको गाडीहरुलाई माघ १४ गतेदेखि २९ गतेसम्म ४९ वटा गाडीलाई चेक जाँच गरी कारवाही गर्दा १६ दिनको अन्तरालमा आठ लाख भन्दा बढी जरिवाना समेत गराईएको प्रहरी उपरीक्षक मैनालीले बताए। निर्धारण गरेको भार क्षमता भन्दा एउटै भारतीय नम्बर प्लेटको सावरी साधनमा  २०÷२० टन बढी भार चेक जाँचको क्रममा भेटने गरेको उपरिक्षक मैनालीले बताए। 

‘पूर्वको जोगबनी  भन्सारबाट जाँच पास  भई हेटौँडा जादै गरेको पीबी ०३ एपी १०१२ नं. को क्लिन्कर लोड गरेके १८ चक्के भारतीय नम्बर प्लेटको गाडीलाई पथलैयामा चेक जाँच गर्दा त्यसले ५१ टन भार बोकेको भेटियो,’ उपरिक्षक मैनालीले भने, ‘३० टन भार बोक्न मात्रै अनुमति भए पनि यसले २१ टन बढी भार बोकेको भेटिए पछि कारवाही गरीएको छ।’ एउटै गाडीमा २१ बढी भार बोकेको भेटिए पछि थप  कारवाहीको लागि वीरगंज स्थित यातायात व्यवस्था कार्यालयमा पठाउँदा बढी भार बोक्ने भारतीय गाडीबाट ३२ हजार भन्दा बढी जरिवाना समेत गराईएको उनले बताए। 

त्यसै गरी जोगबनी भन्सारबाट जाँच पाँस भएर  विरगंज पथलैया औधोगिक कोरिडोरमा रहेको सिमेन्ट उद्योगको लागि कलिंकर लोड गरी आउँदै गरेको आर जे ०२ जीबी ०९६२ भारतीय नम्बर प्लेटको १८ चक्के गाडीलाई चेक जाँच गर्दा त्यसमा ५२ टन लोड गरेको भेटिए पछि त्यसलाई समेत कारवाही गरीएको मैनालीले बताए।

३० टनसम्म मात्रै बोक्नु पर्ने क्लिंकर बोकेको भारतीय नम्बर प्लेटको गाडीमा २२ टन बढी बोकेको फेला परेपछि थप कारवाहीको लागि विरगंज स्थित नारायणी यातायात कार्यालयमा पठाउँदा गाडीबाट ३२ हजार चार सय जति जरिवाना गरिएको उनले बताए। भारतीय नम्बर नम्बर प्लेटका गाडीहरूले फलाम र क्लिन्कर लगाएतका औद्योगिक कच्चा पदार्थहरूलाई नियम भन्दा बढी मात्रामा लोड गरी नेपाल ल्याउने गरेको मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। 

भारतीय सवारी  साधनको निर्वाध प्रवेश र सञ्चालनले स्वदेशी ढुवानी व्यवसायी मर्कामा परेको यातायात व्यवसायीहरूको गुनासो छ। भारतीय ट्रिपरमा मापदण्डभन्दा बढी पछाडिको क्यारियर (डाला) मा करिब दुई फिटसम्म भाग थपेर क्षमताभन्दा बढी सामान ल्याइने गरेको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले बताए्।

अतिरिक्त भाग थपेर सञ्चालनमा ल्याइएका नेपाली ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएर मापदण्ड विपरीत थापिएको भाग काटेर  ट्राफिक प्रहरीले कारबाही गरेको गर्दै आएको अवस्थामा नेपाली यातायात व्यवसायीहरुलाई समस्या पर्ने गरेको कार्कीले बता । अहिले आएर भारतीय नम्बर प्लेटको गाडीलाई पनि कारवाही गर्दा उनीहरूले पनि मापदण्ड विपरीत बढी भार बोकेर  नसकिने अवस्था समेत आउने उनले बताए। 

१० चक्के नेपाली नम्बर प्लेटको गाडीलाई १७ टन सम्म बोक्न मात्रै छुट रहेपनि १० चक्के भारतीय नम्बर प्लेटको गाडीहरुले २२ टन बोक्ने गरेको कार्कीले बताए। १० चक्के भएको नेपाली नम्बर प्लेटको १७ टन सम्म बोक्दा कारोबारीहरुले बढी भाडा दिएको जस्तो हुने भएकोले कारोबारीहरुले भारतीय नम्बर प्लेटको १० चक्के गाडीलाई त्यतिकै भाडा दिएर २२ देखि २५ टन सम्म लोड गराउने गरेको कारणले समेत यातायात व्यवसायीहरु बिगत बर्ष देखि समस्यामा पर्दै आएका छन्। 

प्रकाशित: २ फाल्गुन २०७४ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App