६ वैशाख २०८१ बिहीबार
खेल

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

नेपालविरुद्ध क्यानडाका सिरिमान्था वाइजी रत्नेले शतक प्रहार गरे। १५२ बलमा ८ चौका प्रहार गरेका सिरिमान्थाले सर्वाधिक १०३ रन बनाए। हम्जा तारिकले ३० बल २ छक्कासहित २४ रनज जोडे। एसएस धिन्साले १८, सादविन जफरले १०, आर गुनसेकराले ९ रन, एन आर कुमारले ५ रन बनाए।   

बलिङतर्फ नेपालका बसन्तले रेग्मीले सर्वाधिक ३ विकेट लिए। सन्दिप लामिछानेले २, शरद भेष्वाकर र करण केसीले समान १ विकेट लिए। बसन्त रेग्मीको बलिङलाई पारस खड्काले क्याच आउट गरी १ विकेट लिए।

प्रकाशित: २ फाल्गुन २०७४ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App