४ वैशाख २०८१ मंगलबार
समाज

मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

 मुस्ताङ-  मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ ।

मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिका रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालय आजबाट शुरु हुँदैछ भने वारागुङ मुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतका दुई विद्यालयमा घुम्ती शत्र भइरहेको छ भने १३ विद्यालयमा भने आजबाट पढाइ शुरु हुँदैछ ।

त्यसैगरी लो घ्याकर गाउँपालिकामा रहेका छवटा विद्यालय घुम्तीमै छ भने तीन वटा विद्यालयमा भने आजबाट पढाइ सञ्चालनमा आउने छ । त्यस्तै लोमान्थाङ गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण १० वटै विद्यालय घुम्ती शत्रमा पढाइ भइरहेको छ ।हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले जानकारी दिए।

जाडो छल्न पोखरा, काठमाडौँ, चितवन बुटवल, भारत आदि गएका मुस्ताङवासी पनि माघको अन्तिम र फागुन लागेदेखि नै मुस्ताङ फर्कने क्रम जारी भएको देखिन्छ र यसले गर्दा सुनसान भएको मुस्ताङमा स्थानीयको केही चहलपहल बढेको देख्न सकिन्छ । रासस
 

प्रकाशित: २ फाल्गुन २०७४ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App