coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

४ वर्षअघि हराएको मोटरसाईकल सहित एक पक्राउ

उदयपुर- ४ वर्षअघि हराएको मोटरसाईकलसहित उदयपुरका एक पक्राउ परेका छन्। काठमाडौंको नरेफाँटबाट हराएको मोटरसाईकलसहित उदयपुर चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका सन्तोष राई मंगलबार बेलका नगरपालिकास्थित ठोक्शीला ट्राफिक प्रहरीको फन्दामा परेका हुन्।

नियमित सवारी चेकजाँचको क्रममा बा ४४ प १९९८ नम्बरको टु ट्वेन्टी पल्सर मोटरसाईकलसहित २४ वर्षिय राई बेलका नगरपालिका ४ लालबजारबाट पक्राउ परेको ठोक्शीलाका ट्राफिक जवान गोविन्द पौडेलले बताए। ट्राफिकले राईको साथबाट सो नम्बरको नक्कली ब्लुबुक र नक्कली सवारी चालक अनुमतिपत्र (लाईसेन्स्) पनि बरामद गरेको छ।

सिन्धुली मधुटरा ४ का पदम रोक्काको उक्त मोटरसाईल २०७० मा काठमाडौंको नरेफाटबाट चोरी भएको खवर आएको पौडेलले बताए। पक्राउ राईलाई मोटरसाईकलसहित सदरमुकाम ल्याएर अनुसन्धान अघि बढाइएको छ। उनलाई सवारी साधन चोरी ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निर्माणाधिन धरान–चतारा–ठोक्शीला–बेलटार–गाईघाट–सिन्धुली–हेटौंडा खण्डको बैकल्पिक लोकमार्ग र सुनसरीको नदाहादेखि सप्तरीको कन्चनपुरखण्डको पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको ४ लेनको नदाहा–कन्चनपुर चौडा सडक निर्माणसँगै ठोकशीला क्षेत्रमा सवारी लापरबाही बढेको गुनासो आएपछि ठोक्शीलामा २ महिनाअघि ट्राफिक पोष्ट खडा गरिएको छ। ट्राफिक पोष्ट खडागरेसँगै सुरु गरिएको नियमित चेकजाँचमा दिनहुँ दर्जन बढी सवारीसाधन कारबाहीमा पर्न थालेको पौडेलले बताए।

पौडेलका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक र साधनहरुमाथि कडाई गर्न थालेपछि १ महिनामै २ लाख बढी राजश्व संकलन भएको छ। ‘गाईघाट–धरान र धरान–सप्तरी जोडिएको चौडा सडक बनेपछि सवारी चाप दिनदिनै बढ्दै गएको छ’ पौडेलले भने ‘चाप बढेसँगै नियम उल्लंघन गर्ने पनि बढेकाले चेकजाँचमा कडाई गर्न थालेका छौं।’

प्रकाशित: २ फाल्गुन २०७४ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App