७ वैशाख २०८१ शुक्रबार
अर्थ

गोर्खा बियरकाे मिनिमल अनलाइन क्याम्पियनलाई म्याड ओभर मार्केटिङको प्रशंसा

काठमाडौँ – भारतको प्रमुख अनलाइन मार्केटिङ वेबसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई प्रशंसा गरेको छ।  

गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएका छन् र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम.ओ.एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ । गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, “यो क्याम्पियन साँच्चै नै अद्वितीय छ! Loyalty, courteousness, respect, जस्ता शब्दहरुलाई गोर्खालीको विशेषताहरुसँग आवद्ध गरेर देखाइएको छ । गोर्खाको भावलाई हामी सलाम गर्छौं।”

म्याड ओभर मार्केटिङले भनेको छ, “गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सृजना गरेको छ । एउटा टिपिकल एल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।”

प्रकाशित: २ फाल्गुन २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App