coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामाथि आक्रमण गर्ने फ्रान्सको चेतावनी

पेरिस — फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्काेले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।
सिरिया सरकारले त्यहाँका नागरिकहरू माथि  रासायनिक हतियार आक्रमण गरेको  प्रमाण फेला परेमा फ्रान्सले सिरियामा माथि आक्रमण गर्ने बताएको हो ।

सिरिया सरकारले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको रासायनिक हतियार आक्रमण सिरियाली निर्दाैष नागरिकहरू माथि गर्दै आएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले बताउँदै आएका छन् । यद्यपि फ्रान्सको गुप्तचर संस्थाले यसबारे अनुसन्धान गरिरहेको राष्ट्रपति मार्काेको दाबी छ । सिरिया सरकारले  गत महिना   नागरिकहरू माथि रासायनिक हमला गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए ।  सरकारले भने रासायनिक हमला गरिएको तथ्यलाई अस्वीकार गर्दै आइरहेको छ ।

प्रकाशित: २ फाल्गुन २०७४ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App