पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

बुधबार, ०२ फागुन २०७४, ११ : ४६ नागरिक


गोरखा – भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब ४ सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो।

विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार जगैदेखि भत्काइएको यो दरबार पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गरिनेछ । पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा दरबार भत्काइएको हो।

“पुराना सामग्री हटाउने कार्य भइरहेको छ । काम लाग्ने सामग्री पुनः प्रयोग गर्ने र काम नलाग्ने सामग्री हटाउँछौ, भुसालले भने,जग राख्न काम भइरहेको छ ।” पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । रु ४ करोड ३७ लाख लगानीमा दरबार पुनःनिर्माण हुनेछ।

भूकम्पका बेला क्षति पुगेको गोरखनाथ मन्दिरलगायत संरचना भने पुनःनिर्माण गरिसकिएको छ । दरबारमा रहेका राजा पृथ्वीनारायण शाहका गद्दीलगायत महत्वपूर्ण सामग्री भने सुरक्षित ठाउँमा भण्डारण गरिएका छन् । दरबार भत्काउँदा विसं १८६३ का बेलाका इँट्टा पनि फेला परेका छन् । आगामी तीन वर्षभित्रभत्र दरबार पुनःनिर्माण सकिने बताइएको छ।  (रासस)





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...