माओवादको लोकतान्त्रिक अवतरण

बुधबार, ०२ फागुन २०७४, ०९ : ५४ डा.कुन्दन अर्याल


राज्य सत्ताबाहेक अरू सबै भ्रम हो भन्दै दीर्घकालीन सशस्त्र संघर्षको थालनी गर्ने पुष्पकमल दाहाल नेतृत्वको पार्टीले अन्ततः आफ्नो जनयुद्धको तेइसौँ वार्षिकोत्सवकै हाराहारीमा नेपालमा माओवादको कुशलतापूर्वक अवतरण गरेको छ । आफ्नो पार्टीबाहेक अस्तित्वमा रहेका अन्य सबै कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थी अवसरवादको हिमायती ठहर गर्दै बाइस वर्षअघि दाहालले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यसाथ दीर्घकालीन जनयुद्ध सुरु गरेका थिए । अन्ततः बाइस वर्षपछि उनले सर्वप्रथम आफ्नै विगतका निष्कर्षहरूमा गम्भीर आत्मसमीक्षा गरेको आभास दिलाएका छन् । आफ्नो बहुप्रचारित रचना संग्रहमा उनले एमालेतर्फ संकेत गर्दै लेखेका छन्, ‘सरगरमाथा चढ्ने रणनीति बताएर हिन्द महासागरतिर ओरालो लाग्ने कार्यनीति अपनाउनु नेपाली सुधारवादको विशेषता हो ।’ वर्षौं बित्यो, तर लामो, घुमाउरो र दुरुह यात्रापछि उनले जीवनकै सबैभन्दा उत्कृष्ट निर्णय गरेका छन्।   

आज माओवादी जनयुद्धका नायक र वाहकहरूसँग त्यो रक्तपातको कालखण्डको औचित्य साबित गर्ने शब्दको खडेरी छ । लोकतान्त्रिक आन्दोलनको कोशेढुंगा, बलिदानको अविस्मरणीय उदाहरण, इतिहास निर्माणको क्रम वा नेपाललाई चिनाउने ऐतिहासिक परिघटनाजस्ता शब्दावलीको ओत लाग्दै प्रश्नहरूको वर्षाबाट जोगिनुबाहेक अर्को उपाय यसका वाहकहरूसँग छैन । माओवादी जनयुद्धका प्रमुख कमान्डर दाहालले विगतमा कांग्रेसको नेतृत्वमा भएको सशस्त्र विद्रोह वा ०२८ को झापा विद्रोहकै मर्मअनुसार सबैभन्दा लामो अवधिसम्म सशस्त्र संघर्ष गरेको रेर्कड कायम राख्यौँ भन्ने आशय प्रकट गरेको पाइन्छ । त्यो व्याख्यामा केही न केही दम अवश्य छ । बदलिएको राजनीतिक परिवेश र आफ्नो अवस्था अनुसार लचकता प्रस्तुत गर्न सक्ने र त्यहीअनुसार परिस्थितिको व्याख्या गर्न सक्ने क्षमताकै कारण उनले हिजो आफूले तयार गरेको पंक्तिलाई आफ्नै नेतृत्वमा आज नयाँ बाटो देखाएका छन् । यस अर्थमा उनले नेपालमा माओवादको सुरक्षित अवतरण गराएका छन् । मोहन वैद्य र नेत्रविक्रम चन्द छिटफूट प्रवृत्ति मात्र हुन्, दाहालविनाको मूलधारको माओवादी अर्को खडा गर्न कम्तीमा अहिलेका लागि असम्भव नै देखिन्छ। 

नेकपा (माओवादी केन्द्र) ढिलो वा चाँडो यो विन्दुमा पुग्नैपथ्र्याे । नेपाली कम्युनिस्ट आन्दोलन सारसंग्रहवाद र संशोधनवादबाट आक्रान्त भएको निष्कर्षसहित सत्ता कब्जा गर्न सुरु गरिएको त्यो विद्रोहको मूल नेता प्रचण्डकै शब्दमा माले वा एमाले र मोहनविक्रम सिंहको सुधारवादको विरुद्धमा समेत थियो । उनले विर्सजनवादीको दर्जामा राखेको एमालेविरुद्ध समेत सुरु गरिएको अभियानले आज बाइस वर्षपछि एक चक्र पूरा गरेको छ । पाठ सिकाउन सुरु भएको अभियान पाठ सिक्ने अवसरका रूपमा परिणत हुन पुग्नु सुखद संयोग हो । तर यो अवस्था रातारात अवश्य आएको होइन । संविधान सभाको दोस्रो निर्वाचनका क्रममा समेत माओवादीले जसको नीति उसको नेतृत्व, राष्ट्रको नेता कमरेड प्रचण्ड भन्ने नारासाथ मत मागेको थियो । तर त्यसपछिका दिनमा प्रचण्डको नेतृत्वमा माओवादी कसरी ओरालो लाग्दै गयो भन्ने छर्लंगै छ । यस्तो यथार्थको आलोकमा हेर्दा दाहालले एमालेसँग निर्वाचनसम्बन्धी तालमेल गरेर परिस्थितिको यथोचित आँकलन गरेका थिए । निर्वाचन परिणामबाट प्राप्त जनादेश शिरोपर गर्दै उनले हिजोको प्रचण्डपथ बिर्सेर आजको आवश्यक पथ खोल्ने साहस गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा यही कदमले उनको उचाइ बढाउँदै लैजानेछ। 

बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण आन्दोलनको बाटो अख्तियार गर्दै ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले) ले एकमना सरकार बनायो । तर त्यही बेला पुष्पकमल दाहालको नेतृत्वमा उनको पार्टीले नेपालमा जनयुद्ध उठानको अपरिहार्यतालाई औँल्याउँदै पार्टीको समग्र सैन्य योजना तय गरेको थियो । त्यसबेलासम्म पार्टीको नामको पछाडि कोष्ठमा लेख्ने गरिएको एकता केन्द्र पदावलीलाई समेत त्यतिखेरै क्रान्तिकारी सारतत्व अभिव्यक्त गर्न नसेकेको ठहर गर्दै परिवर्तन गरियो । दीर्घकालीन जनयुद्धको योजनालाई कार्यावन्यन गरी छाड्ने संकल्प गर्ने केन्द्रीय कार्यसमितिको त्यही विस्तारित बैठकले पार्टीको क्रान्तिकारी नाम जुराएको थियो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) । पुष्पकमल दाहाल प्रचण्डकै शब्दमा त्यो फैसला त्यस्तो विशिष्ट अवस्थामा भएको थियो, जतिबेला प्रतिक्रियावादी सत्तामा आएको संकट टार्ने हतियारका रूपमा नेपालको घोर दक्षिणपन्थी संशोधनवादी एमाले गुट सरकारमा बसेर नाङ्गो प्रतिक्रियावादमा पतनको परिचय दिइरहेको थियो । त्यसैले पुष्पकमल दाहालको पुरानो धारणा के थियो भने नेकपा (माओवादी)को विकास एक हदसम्म पहिले माले र पछि एमाले बनेको गुटको दक्षिणपन्थी संशोधनवादमा पतनको प्रक्रियाका विरुद्ध सैद्धान्तिक संघर्षका क्रममा भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनको कुन–कुन प्रवृत्तिसँग संघर्ष गर्दै माओवादी पार्टीको जन्म भएको हो भन्ने विषयमा उनले विगतमा प्रशस्त चर्चा गरेका छन् । उनले फेहरिस्त नै प्रस्तुत गरेका छन् । आउँदा दिनमा उनले माओवादीको सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धतासम्मको आफैँसँगको आन्तरिक द्वन्द्वका सम्बन्धमा अवश्य व्याख्या गर्नेछन् । प्रतिक्रियावादी सत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न अग्रसर उनको जनयुद्धको बाटो स्वाभाविक रूपमा शान्तिपूर्ण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीसम्म आइपुगेको छ । यतिखेर माओवादी जनयुद्धको मर्म र त्यसका वाहकहरूको आजसम्मको यात्रा यही यथार्थमा समेटिएको छ। 

बाइस वर्षअघि फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरी चौकी र गोरखामा कृषि विकास बंैकमा आक्रमण गर्दै सुरु गरिएको विद्रोह समयक्रममा नेपाली राजनीति आन्दोलनको एउटा ऐतिहासिक परिघटनाका रूपमा स्थापित भइसकेको छ । यस विषयमा आउने समयमा पनि नेपाली राजनीतिमा चासो राख्नेहरूले निरन्तर अध्ययन र अनुसन्धान गरिरहने छन । देशको राजनीतिक, सामाजिक र सांस्कृतिक जीवनमा परेका यसका प्रभावबारे पनि अध्ययन भई नै रहनेछ । तर यसका पहिलो पंक्तिका नेताहरूमध्ये पुष्पकमल दाहाल र वर्षमान पुन, कृष्णबहादुर महरालगायतका उनका सहयोगीहरूले जिम्मेवार ढंगले माओवादको लोकतान्त्रिक अवतरण गराएका छन् । यो सह्राहनीय पक्ष हो । 
माले वा एमालेमा रहेका उग्र क्रान्तिकारी महत्वाकांक्षा राख्ने नेता, कार्यकर्तालाई आकर्षित गर्न होस् वा नेपालमा सशस्त्र विद्रोहको परम्परा समृद्ध छ भन्ने आफ्नो तर्कलाई बलियो बनाउन होस् उनले केपी ओलीसमेत संलग्न झापा विद्रोहको प्रशंसा गर्दै आएका छन् । तर माओवादीले सुरु गर्ने विद्रोह त्यस्तो झिल्को जस्तो अल्पकालीन होइन, सम्र्पूण सत्ता ध्वस्त पार्ने आगोजस्तो हुने घोषणा उनले गरेका थिए । दुई दशकपछि झापा विद्रोहका वाहकहरूले नेतृत्व गरेको एमालेसँग उनको एकता हुनै लागेको छ । कम्युनिस्ट आन्दोलनको वाहकका रूपमा पहिचान कायम राख्दै अघि बढ्ने उनको सोचसामु अर्को बाध्यकारी त होला, सन्तोषजनक विकल्प पनि थिएन।

छयालीस सालपछिको विश्वका कम्युनिस्टहरूका सामु उत्पन्न असहज परिस्थितिका बीच आफ्नो पार्टीलाई विधिसम्मत रूपमा लोकतान्त्रिक धारमा स्थापित गराएका कारण स्वर्गीय मदन भण्डारी एक राजनेताका रूपमा स्थापित छन् । माओवादका नाममा संकीर्णतामा अल्झिरहने खतराबाट मुक्त गराएर पुष्पकमल दाहालले विधिसम्मत रूपमा उनको पार्टीलाई लोकतान्त्रिक धारमा अवतरित गराएका छन । माओवादीको एमालेसँगको एकता दुई पार्टीबीचको सांगठनिक एकताका रूपमा मात्र हेर्नु हुँदैन । एमाले अध्यक्ष केपी ओली र उनका सहयात्रीहरूले संयम र विनम्रतासाथ निरन्तर संवाद अघि बढाएर कुनै बेला हाम्रो जनयुद्ध एमालेका विरुद्धसमेत हो भन्ने उग्रताका वाहकलाई यथोचित सम्मानसाथ व्यावहारिक धारतर्फ डो¥याएका छन् । यस अर्थमा यो ऐतिहासिक र साहसिक निर्णयको श्रेय ओली र दाहाल दुवैलाई जान्छ । 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...