५ वैशाख २०८१ बुधबार
समाज

फरार अभियुक्त पक्राउ गर्न प्रहरी सक्रिय

नुवाकोट,– फरार अभियुक्त र दोषी ठहर भएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोट सक्रिय भएको छ । अभियान नै चलाएर अघि बढिरहेको प्रहरी कार्यालयले पछिल्लो एक महिनामा एक सय दुईजनालाई पक्राउ गरिसकेको छ  ।

पुस २८ गते देखि सादा पोसाक र बर्दीमा खटिएका प्रहरीले माघ २८ गते सम्ममा पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि न्यायिक निकाय नुवाकोट प्रशासन र जिल्ला अदालत नुवाकोटमा बुझाएको छ । पक्राउ परेकाबाट ३० वर्ष १० महिना २८ दिन कैद भुक्तानी गराउन सफल भएको र ४ लाख ३२ हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरी प्रमुख वसन्तबहादुर कँुवरले बताए ।जिल्ला अदालतका अनुसार मुद्दा फैसला हुँदा दोषी ठहर भएर कैद, जरिवाना एंव क्षतिपूर्ति तोकिएपछि फरार रहेकाको संख्या १२ सयको हारहारीमा छ । गत वर्ष नुवाकोट प्रहरीले १ सय ८३ जना फरार अभियुक्त पक्राउ गर्न  सफल भएको थियो ।

 

प्रकाशित: २ फाल्गुन २०७४ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App