८ वैशाख २०८१ शनिबार
समाज

जंगली हात्ती आक्रमणमा दुई महिलाको मृत्यु

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा मृत्यु भएका दुई महिलामध्ये एकको शव । तस्बिर : जितेन्द्रकुमार - नागरिक

सप्तरी – कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले मंगलबार सप्तरीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साह छन् ।

गुइँठा संकलन गर्न घरनजिकको खेतमा गएका बेला जंगली हात्तीले दुवैमाथि आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएका दुवैका शवलाई पोष्टमार्टमका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।यस वर्षमात्रै कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका जंगली हात्तीको आक्रमणबाट सप्तरीमा ६ जनाको मृत्यु भइसकेको आरक्षका संरक्षक अधिकृत रामप्रसाद साहले जानकारी दिए ।

यसअघि १० पुस ०७३ मा पनि हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ५५ वर्षीय किसान रघुनाथ खंगको हात्ती आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै १८ कात्तिक २०७३ को राति भारदहको छिमेकी गाविस बैरवा–८ का ६२ वर्षीय किसान अलाउद्दीन खानको पनि हात्ती आक्रमणका कारण मृत्यु भएको थियो । खेतमा बाली हेर्न गएका बेला खानमाथि हात्तीले आक्रमण गरेका थिए । सोही वर्ष हनुमाननगरमा पनि हात्तीको आक्रमणले एक युवकको मृत्यु भएको थियो भने अर्का एकजना गम्भीर घाइते भएका थिए ।

यसैगरी २९ असार २०७२ मा सप्तकोसी नगरपालिका–१० स्थित कमलपुरकी १३ वर्षीया बालिका संगीताकुमारी यादवको तथा १५ चैत २०६९ मा घोघनपुर ४ का ६१ वर्षीय विन्देश्वर चौधरीको मृत्यु जंगली हात्तीको आक्रमणबाट भएको थियो । बा“सको झारीमा लुकेका चौधरीलाई निकालेर हात्तीले कुल्चिदिएका थिए भने बाख्रा चराउन मध्यवर्ती क्षेत्र गएकी बालिका यादवलाई पनि हात्तीले कुल्चेर ज्यान लिएको थियो ।

दशकदेखि हात्ती आतंक
सप्तरीको पूर्वीउत्तरी क्षेत्रका हनुमाननगर कंकालिनी, कञ्चनरूप र सप्तकोसी नगरपालिका दर्जनौं गाउ“टोल दशकौंदेखि जंगली हात्तीको चपेटामा पर्दैआएका छन् । हात्ती आतंक सहन नसकेर नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउ“टोलका बासिन्दाले पटकपटक सप्तरी प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएको छैन ।

हात्ती आक्रमणबाट जोगिनका लागि हालसम्म सप्तरीमा कुनै पनि भरपर्दो उपाय अवलम्बन भएको छैन । गाउ“मा हात्ती पसेको बखत सुरक्षाकर्मी आएर धपाउने बाहेकको काम हुन सकेको छैन । हात्तीले गाउ“मा पसेर घर भत्काउनु बाहेक त्यस क्षेत्रका गाउँमा लगाइएको कृषिजन्य बालीलाई समेत क्षति पु¥याउने गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहका सयौं विघामा लगाइएको केरा बोटमा हात्तीले बढी क्षति पुर्याउँदै आएको छ । यस्तै हात्तीले गहु“ र तोरीसहित नगदेबाली समेत नष्ट पार्दै हि“डेको स्थानीय किसानहरूको भनाइ छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष प्रशासनले मानव बस्तीमा प्रवेश गरेका जंगली हात्तीलाई सुरक्षाकर्मीको सहयोगमा धपाउनु बाहेकको विकल्प नरहेको बताएका छन् । ‘हात्तीलाई मार्ने आदेश हामीलाई छैन, समात्न झन गाह्रो छ,’ आरक्षका एक अधिकृतले भने, ‘भारतको जंगलबाट नेपाल प्रवेश गरेका हात्तीलाई पुनः भारत फर्काउन माथिल्लो स्तरबाट प्रयास थाल्नु आवश्यक छ ।’

सोलार फेजिङ्गको निर्णय कार्यान्वयन भएन
सप्तरीस्थित हात्तीपीडित गाउ“लेलाई राहत दिन स्थानीय प्रहरीप्रशासनको सक्रियतामा आरक्ष प्रशासनले आफ्नो क्षेत्रमा विद्युतीय तारबार गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
०६९ पुसमै आरक्षको सिमानालाई सोलार फेजिङ्ग गर्ने निर्णय गरिएको थियो । जंगली हात्तीलाई आरक्ष सीमाभित्र राख्न आरक्ष प्रशासनले सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्त तथा पीडित बासिन्दाको उपस्थितिमा भारदहमा सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको थियो ।
यस्तै जंगली हात्तीले गरेको क्षतिको विवरण तयार गरी जिल्ला वन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउने र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णयसमेत उक्त बैठकबाट भए पनि कुनै काम सरकारी पक्षबाट नभएको हात्तीपीडित संघर्ष समितिका संयोजक बच्चालाल मण्डलले गुनासो गरे।

यसरी हात्ती आएको थियो
दशकअघि कोसी टप्पु वन्यजन्तु आरक्षमा आरक्ष प्रशासनले पालेका हात्तीमात्रै बसोबास गर्दैआएको थियो । तर, पूर्वको झापा हु“दै भारतको असामबाट आएका करिब एघारवटा जंगली हात्तीको झुन्डले आफनो बसोबासस्थल नै कोसी टप्पु क्षेत्रलाई यतिबेला बनाउन पुगेको छ ।आहारको कमी हुन थालेपछि आहार खोज्न हात्ती एक ठाउ“बाट अर्को ठाउ“ हिँड्ने गर्छ । सोही क्रममा असामबाट कोसी टप्पु आइपुगेका हात्तीलाई आफ्नो आश्रयस्थल बनाउन आरक्ष क्षेत्र राम्रो भएकाले दशकदेखि यही बस्दैआएको अनुमान स्थानीयले गरेका छन् ।

स्थानीयका अनुसार सुरुमा हात्तीको उक्त समूहले आरक्ष क्षेत्रमा आफ्नो खाना खोज्ने गरेकाले बढी समस्या भएको थिएन । तर, अहिले आरक्षमा हात्तीलाई खाना अभाव भएपछि गाउ“बस्तीतर्फ पस्न थालेकाले आफूहरूलाई समस्या भएको सप्तरी घोघनपुर–१ का हात्तीपीडित शिवलाल साहको भनाइ छ ।‘गाउँ“मा हात्ती आएका बेला आरक्ष प्रशासन र सुरक्षाकर्मीलाई खबर गर्दा पनि समयमा नआउ“दा थप समस्या हुने गरेको छ,’ सप्तरी घोघनपुरकै रोशन साह भन्छन्, ‘कतिखेर हात्ती गाउ“ पसेर घर भत्काउने भन्ने ग्यारेन्टी छैन, हामीलाई ज्यानै जोखिममा पारेर दिनरात बिताउनुपरेको छ ।’


 

प्रकाशित: २ फाल्गुन २०७४ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App