४ वैशाख २०८१ मंगलबार
समाज

बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

इटहरी – कोशी राजमार्ग अन्तर्गत सुनसरी दुहवीमा मंगलबार विहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। 

धरानबाट विराटनगर जादैं गरेको ना ३ ख ९८६० नम्बरको बसले साइकलका सवार दुहवी वडा नं. ४ का रन्जन चौधरीलाई ठक्कर दिँदा सडक छेउमा उभिएका बराह नगरपालिका वडा नं. ६ का डेकराज रिजाललको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बसको ठक्करबाट घाइते भएका रिजालको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। उनीसँगै सडक छेउमा उभिएका बराह वडा नं. ६ कै ३२ बर्षीय सन्तोष कोइराला घाइते भएका छन्। उनको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ। साइकलयात्री चौधरीको पनि खुट्टा फ्याक्चर भएको अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

साइकलयात्रीलाई जोगाउन खोज्दा सडक छेउमा उभिएका दुई जनालाई बस ठक्कर दिन पुगेको दुहवीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताएका छन्। 

प्रकाशित: १ फाल्गुन २०७४ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App